ताजा समाचार

लहानमा खैरो हिरोईन जस्तो पदार्थसहित दुई जना पक्राउ

  • पुस ४, २०८२
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले खैरो हिरोईन जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। मिति २०८२/०९/०३ गते साँझ करिब ७ः४५ बजे इलाका प्रहरी कार्यालय लहान र लागुऔषध नियन्त्रण ब्युरो शाखा गोलबजार बाट खटिएको संयुक्त प्रहरी टोलीले कानुन बमोजिम चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका–२३ का ३६ वर्षीय विजय कुमार साह र ३१ वर्षीय सुरेन्द्र कुमार दास रहेका छन्। चेकजाँचका क्रममा साहको पाइन्टको खल्ती बाट प्लाष्टिक सहित १६.३७ ग्राम (प्लाष्टिक बाहेक १५ ग्राम) खैरो हिरोईन जस्तो पदार्थ बरामद गरिएको छ। त्यस्तै दासले मुखभित्र लुकाएर राखेको अवस्थामा प्लाष्टिकसहित ३.४३ ग्राम (प्लाष्टिक बाहेक १.५ ग्राम) पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

यसरी जम्मा प्लाष्टिक सहित १९.८ ग्राम र प्लाष्टिक बाहेक १६.५ ग्राम खैरो हिरोईन जस्तो पदार्थ बरामद गरिएको प्रहरीले पुष्टि गरेको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤