ताजा समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

  • मंसिर २४, २०८२
  • ७२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल मंसिर २४ गतेका दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा सम्पन्न भएको हो।

सम्झौताअनुसार नेशनल इन्फोटेक कलेजका बोर्ड सदस्य, कर्मचारी/खेलाडी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजद्वारा विभिन्न स्वास्थ्य सेवा सुविधा प्रदान गरिनेछ। यस सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, अन–साइट क्लिनिक सञ्चालन, वेलनेस प्याकेज तथा अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौतामा ओपीडी सेवा, जनरल बेड, आईसीयू/एनआईसीयू/पीआईसीयू, शल्यक्रिया, प्याथोलोजी परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई, फार्मेसी तथा डेन्टल सेवामा विशेष सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।

उक्त सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारी र नेशनल इन्फोटेक कलेजका तर्फबाट प्रिन्सिपल इञ्जिनियर मनीष सिंहले हस्ताक्षर गर्नुभएको छ। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। यस सहकार्यले दुवै संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै शैक्षिक संस्थामा आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤