गोलबजारमा लागुऔषधसहित एक युवक पक्राउ

  • कार्तिक १८, २०८२
  • ४५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान कात्तिक १८ । सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालय नजिक लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक युवकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी नायब निरीक्षक (प्र.स.नि.) नन्दु राउत र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८२ साल कार्तिक १८ गते साँझ करिब ५ः२० बजे विद्यालय परिसर वरिपरि खोजतलासी गरेको थियो।

सोधपुछका क्रममा गोलबजार नगरपालिका–१०, दशई महाजन टोल निवासी अनुरुद सिंहका छोरा वर्ष २० का रुपेश सिंह प्रहरीलाई देख्नासाथ भाग्ने प्रयास गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएपछि उनको शरीर खानतलासी गर्दा दाहिने हातमा रहेको कालो प्लास्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। फेला परेको लागुऔषधको प्लास्टिकसहित तौल २ ग्राम ६४० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम १३० मिलिग्राम रहेको बताइएको छ।

पक्राउ परेका रुपेश सिंहलाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

लहानमा खैरो हिरोईन ज ...

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री&nda ...

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१