Siraha Times
ताजा समाचार

पुरी परिवारहरुको ठगी धन्दा पर्दाफास, प्रहरीबाट न्याय नपाउँदा पिडित झन पिडामा

  • असोज ३१, २०८२
  • ७८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज ३१ असोज । वीरगंज महानगरपालिका वडा नं. २० टोल हरपतगंज निवासी प्रशान्त कुमार पुरी, निजर पुरी, कुन्दन पुरी र अरुण कुमार पुरी माथि आवश्यक कारवाहीको माग गर्दै महम्मद सैफ अलीले जिल्ला प्रहरी कार्यालय पर्सामा साउन १५ गते उजुरी दिएका छन् । 

सो उजुरी पत्रमा कालिकामाई गाउँपालिका वडा नं. १ मुडली बस्ने निवेदक अलीले आफ्ना आफ्न्त सरफरोज हुसैन सँग सापटी लिई पटक–पटक गरी दुई लाख २६ हजार रुपैया प्रशान्त पुरीको खातामा पठाउन लगाएका छन् भने नगद दुई लाख रुपैया पुरीले लिएका छन् । सो दुई लाखको चेक प्रशान्त पुरीले निवेदक अलीलाई दिंदा खातामा प्रयाप्त रकम नरहेको हुनाले अलीले सो चेक बाउन्स गराएका छन् । घर खर्च भनि पटक–पटक लिएको रकम प्रशान्त पुरी लगायतका उनका भाईहरुले नदिए पछि बाध्य भएर प्रहरी कार्यालयमा उजुरी दिएको अलीले यस अनलाईन सँग बताए । 

उजुरी पश्चात जिल्ला प्रहरी कार्यालय पर्साले ईलाका प्रहरी कार्यालय सुगौली बिर्तामा पत्र पठाएर उपस्थित गराउन उर्दी जारी गरे पनि सुगौली बिर्ताका प्रहरीले पिडक सँग मिली हालसम्म उपस्थित नगराएकोमा मर्माहित भएको दुःखेसो अलीले पोखे । बैंक खाता मार्फत प्रशान्त पुरीको खातामा पटक–पटक गरी दुई लाख २६ हजार र नगद दुई लाख प्रशान्त पुरीको बुवा, भाईहरु मिली लिई प्रशान्त सँग चेक दिलाएको अलीको कथन रहेको छ । 

२०८१ कात्तिक÷मंसिर महिनामा रकम लिएका पुरीहरु सँग पटक–पटक रकम माग गर्दा आज भोली भन्दा भन्दै मार्ने सम्मको धम्की दिएपछि बाध्य भएर प्रहरीमा उजुरी दिएको अलीले बताए । सुगौली बिर्ताको प्रहरीले हालसम्म जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित नगराउँदा आफु आफ्ना आफन्त सरफरोज हुसैन लगायतकाहरु सँग सापटी लिएर दिएको रकम फर्काउन नसक्दा दिनेहरु आफुलाई हैरान गरिराखेको अवस्था रहेको अली बताउदंछन् । 

पुरी परिवारहरुले जिल्लाका कैयौं व्यक्तिहरु सँग विभिन्न बहानामा प्रशान्त पुरीको नाममा लाखौं लाख रकम लिई दम्पच गरेको बताईएको छ । रकम दिने व्यक्तिहरु हरपतगंज पुरी परिवारको घरमा पुग्दा उनीहरु प्रशान्त पुरीलाई देखाउदै “बाहिर गएको छ, आएपछि फर्काउछ” भनि आश्वासन दिदै फर्काउने गरेको बताईन्छ । रकम सामुहिक रुपमा लिने र प्रशान्त पुरीलाई योजना मुताविक बाहिर राख्ने गरेको जानकारहरु बताउंदछन् । हाल प्रशान्त पुरी भारतको चण्डीगढमा करिब ६ महिना देखि परिवारको सल्लाहले लुकेर बसेको बताईन्छ । जिल्लाका व्यक्तिहरुको लाखौं लाख रकम लिएर भारतको सिमावर्ती क्षेत्र रक्सौल निर रहेको पण्टोकामा जग्गा जमिन जोडेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१