Siraha Times
ताजा समाचार

घुर्मी नदी किनारमा फालिएको नवजात बालिकाको जीवितै उद्धार

  • असोज ३०, २०८२
  • ६९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान असोज ३० । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदी किनारमा झाडीभित्र फालिएको अवस्थामा एक नवजात बालिका शिशु जीवित अवस्थामा उद्धार गरिएको छ। स्थानीयवासी रामदुलार यादवले बिहान झाडीभित्रबाट रोएको आवाज आएपछि खोजतलास गर्दा कपडामा बेरिएको शिशु भेटिएको बताइएको छ।

यादवले तत्काल वडाध्यक्ष उपेन्द्र मुखियालाई खबर गरेपछि मुखिया घटनास्थल पुगेका थिए। उनले स्थानीयवासीको सहयोगमा शिशुलाई सुरक्षित उद्धार गरी उपचारका लागि वर्धमान अस्पताल, गोलबजार पुर्‍याएका हुन्। अस्पतालका चिकित्सकका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल नियमित उपचार भइरहेको जानकारी दिएका छन्।

वडाध्यक्ष मुखियाले घटनाले मानवता नै लज्जित बनाएको भन्दै शिशुको जीवन जोगिनु भगवानको कृपा भएको बताए। “शिशु जीवित भेटिनु सौभाग्य हो, अब उनको संरक्षण र हेरचाहका लागि आवश्यक पहल गरिनेछ,” मुखियाले भने।

घटनाबारे प्रहरी चौकी गोलबजारले समेत जानकारी पाएको र थप अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले उक्त शिशु फाल्ने व्यक्ति वा पक्षको खोजीकार्य जारी रहेको बताएको छ। स्थानीयवासीहरूले यस्तो अमानवीय कार्यमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन्।

सामाजिक सञ्जालहरूमा पनि यो घटनाप्रति व्यापक आक्रोश व्यक्त भएको छ। धेरैले नवजात शिशुको उद्धारमा संलग्न स्थानीयहरूलाई प्रशंसा गर्दै भविष्यमा यस्ता घटनाबाट सचेत रहन सबैलाई अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१