सखुवानन्कारकट्टीमा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण जनचेतना कार्यक्रम सम्पन्न

  • असोज २९, २०८२
  • ५३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सभा हलमा आयोजित सो कार्यक्रम जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनन्त राज शर्माको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष केदारनाथ यादव रहेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी र सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सबैले लागुऔषध दुरुपयोग नियन्त्रण गर्न स्थानीय तहदेखि समुदायस्तरसम्म एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे। उनीहरूका अनुसार, लागुऔषध दुरुपयोगले विशेष गरी युवापुस्तालाई प्रभावित पार्दै समाजमा अपराध, अशान्ति र विघटन बढाइरहेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उहाँले भन्नुभयो, “गाउँपालिकाको नेतृत्व जनचाहना अनुसार अघि बढ्नेछ, लागुऔषध नियन्त्रणका लागि आवश्यक सबै पहल गर्न तयार छौं।”

प्रहरी प्रमुख एसपी शर्माले पनि नागरिक समाज, अभिभावक र युवा वर्गबीच आपसी समन्वय र सचेतना नै लागुऔषध नियन्त्रणको मूल उपाय भएको उल्लेख गर्दै समुदायस्तरमै सजगता बढाउन आग्रह गरे। कार्यक्रमले स्थानीय तह, प्रहरी प्रशासन र समुदायबीच सहकार्यमा आधारित स्थायी समाधानका प्रयासलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१