Siraha Times
ताजा समाचार

जिल्ला सुरक्षा समितिद्वारा सिरहाका विभिन्न सिमानाका निरीक्षण

  • असोज २५, २०८२
  • ८५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया, सिरहा असोज २५। सिरहा जिल्लाको नेपाल–भारत सीमाक्षेत्रका विभिन्न नाकाहरूमा जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेको छ। समितिको टोलीले आज सिरहा नगरपालिका वडा नं. १७ को पटेर्वा स्थित कमलानदीको बोडर क्षेत्रदेखि माडर, २ नं ढाड, बुधौरा, लकडीगोठ, गढियानी, सोरहवा, इटाटार, भट्टीमोड र गागल खोलासम्मका सीमा स्तम्भ र नाकाहरूको अवलोकन गरेको हो। अनुगमनका क्रममा सीमाक्षेत्रमा हुन सक्ने तस्करी, अवैध गतिविधि र आपराधिक घटनालाई नियन्त्रणमा राख्न सुरक्षाकर्मीहरूसँग संयुक्त छलफल गरिएको थियो।

साथै बाढीबाट प्रभावित क्षेत्रका स्थानीयवासीहरूसँग समेत अन्तरक्रिया गरी समस्या र समाधानबारे सुझाव संकलन गरिएको थियो। माडर बसपार्कमा हुने अबैध यौन गतिविधि र आसपासमा हुने अनैतिक क्रियाकलाप रोक्न निर्देशन दिइएको छ भने दशगजा क्षेत्र अतिक्रमण भएको पाइएकोले सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई आदेश दिइएको छ। सुरक्षा समितिका अनुसार यस प्रकारको भ्रमणले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको मनोबल वृद्धि भएको छ र बाँकी सिमानाकाहरूमा पनि अनुगमनको निरन्तरता रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१