ताजा समाचार

नेशनल मेडिकल कलेजमा विद्यार्थी–शिक्षकको सहभागितामा च्यारिटेबल फेस्ट भव्यतापूर्वक सम्पन्न

  • असोज ७, २०८२
  • ६०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगञ्ज ७ असोज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा “Charitable Cultural Fest & Award Affiliation Ceremony” भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य चिकित्सा शिक्षा मात्र नभई समाजसेवा, सिर्जनात्मकता र नेतृत्वतालाई प्रोत्साहन गर्ने रहेको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा मुख्य अतिथिका रूपमा प्रा.डा. जैनुदिन अन्सारी - अध्यक्ष, नेशनल मेडिकल कलेज र विशिष्ट अतिथिका रूपमा शहनवाज अन्सारी - प्रबन्ध निर्देशक, नेशनल मेडिकल कलेजको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रा.डा. के. एन. सिंह - प्रिन्सिपल, नेशनल मेडिकल कलेजले गर्नुभएको थियो। त्यसैगरी शैक्षिक निर्देशक - डा. रुबी श्रेष्ठ यास्मिन, अस्पताल निर्देशक - डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिंग निर्देशक - आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीका अध्यक्ष डा. रबीशंकर गुप्ता (उप-प्रिन्सिपल), नर्सिङ निर्देशक, उप-प्रिन्सिपल नर्सिङ, विभिन्न संकायका प्राध्यापक, विद्यार्थी र प्रशासनिक अधिकृतहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रममा गरिमा थपेको थियो।

कार्यक्रममा स्वागत नृत्य, भाषण, विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुति, च्यारिटेबल सोसाइटी तथा नेपाल हेल्थ कोर्प्सको वार्षिक प्रतिवेदन प्रस्तुति, पुरस्कार वितरण तथा चेक हस्तान्तरण जस्ता आकर्षक गतिविधिहरू सम्पन्न भए। कार्यक्रमले उत्कृष्टता पहिचान, नेतृत्व विकास, सिनियर–जुनियर बीचको सम्बन्ध मजबुत बनाउने, सामाजिक उत्तरदायित्वप्रति जागरुकता बढाउने र विद्यार्थीलाई आत्मविश्वासी बनाउने अपेक्षा गरिएको आयोजक समितिको भनाइ छ।

नेशनल मेडिकल कलेज चैरेटेबल सोसाइटीले विगतदेखि नै निःशुल्क स्वास्थ्य परीक्षण शिविर, बृक्षारोपण, रक्तदान, कपडा वितरण, जनचेतना कार्यक्रम, खेलकुद र सांस्कृतिक गतिविधि, तथा विभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको छ। नेशनल मेडिकल कलेजले यस्ता कार्यक्रममार्फत “Beyond Medicine, Towards Humanity” को सन्देशलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤