ताजा समाचार

नेशनल मेडिकल कलेजद्वारा पर्साका एसपी गौतम मिश्रालाई सम्मान सहित विदाई

  • असोज ५, २०८२
  • ६४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगञ्ज ५ असोज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्साका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रालाई एक विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ। पर्सामा कार्यरत रहँदा सामाजिक उत्तरदायित्व र सुरक्षा व्यवस्थामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कलेज प्रशासनले मिश्राको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको हो।

कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डा. इसरत जहाँ अन्सारी, एकेडेमी डाइरेक्टर डा. रुबी श्रेष्ठ यास्मिन, एडमिसन तथा मार्केटिंग निर्देशक - आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डा. के.एन. सिंह स. प्रधानाध्यापक डा. रविशंकर गुप्तालगायत पर्सेली सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले मिश्राको कार्यकाललाई स्मरणीय बताउँदै वीरगञ्जको शान्ति र सुरक्षामा उनको भूमिकाको प्रशंसा गरे। कार्यक्रमको समापनमा प्रहरी उपरीक्षक मिश्राले नेशनल मेडिकल कलेजप्रति आभार प्रकट गर्दै सामाजिक संस्थाहरूको सहयोगले प्रहरी प्रशासनको कार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤