Siraha Times
ताजा समाचार

कालिकामाईका अधिकृत अमित गिरी कमिशनतन्त्रमा लिप्त

  • भदौ १६, २०८२
  • १३८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १६ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा बदनामी कमाएका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीका कारण पालिकावासीहरु पिडित बन्न पुगेको समाचार प्राप्त हुन अएको छ । अधिकृत गिरी महिनौंसम्म कार्यालयमा नजाँदा सर्वसाधारणलाई सेवा लिन निकै गा¥हो हुने गरेको बताईन्छ । “अधिकृत गिरी १÷२ महिनामा एक दुई पल्ट कार्यालयमा पुग्छन, त्यो पनि आधा एक घण्टा बसेर पुनः निस्कन्छन” एक स्थानियले भने, “अधिकृत गिरी सँग कुनै पनि कागजमा सही गराउनु छ भने वीरगंज स्थित उनको घरमै पुग्नु पर्ने बाध्यता रहेको छ ।” एक त उनी आफ्नो मोबाईल स्विच अफ राख्छन, कुनै बेला अचानक काम परेमा उनी सँग सम्पर्क नै हुँदैन भनि एक जनप्रतिनिधिले यस अनलाईनलाई बताए ।

“कमिशन दिने ठेक्केदार, सप्लायर्स, एनजिओकमीहरु सँग कुरा गर्नका लागि छुटै मोबाईल नम्बर राखेका छन, जुन नम्बर हामीहरुलाई दिनु हुन्न्, उनी कालिकामाई गाउँपालिकामा आए देखि कहिले अध्यक्ष, उपाध्यक्ष त कहिले वडा अध्यक्षहरु बिच बिवाद गराई आफ्नो रोटी सेक्ने काम गर्दै आएका छन्” ती जनप्रतिनिधिको भनाई रहेको छ । कालिकामाईमा आए देखि पालिकाका जनप्रतिनिधिहरु बिच झगडा लगाई कमिशनतन्त्रको लुट मच्चाएको आरोप अधिकृत गिरी माथि लाग्ने गरेको छ । बितेको असार मसान्त भरी कार्यालयमा नगई वीरगंज रानीघाट स्थित आफ्नै घरमा लेखा अधिकृत अभिषेक कुमार साहलाई राखी कमिशन दिनेको मात्र चेक काटेको चर्चा चलेको सर्वविदितै नै छ ।

भ्रष्ट प्रवृतिका अधिकृत गिरीले ठेक्केदार, सप्लायर्स र अन्य भुक्तानी लिनेहरु सँग मरमोलाई गरेर मात्र भुक्तानी दिने गरेको एक एनजिओका सञ्चालकले नाम नछाप्ने शर्तमा यस अनलाईलाई बताए । कालिकामाई गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण कार्यका व्यवसायीहरु सँग २० प्रतिशत र लक्षित वर्गको कार्य गर्ने एनजिओहरु सँग ३० देखि ५० प्रतिशत सम्म अग्रिम कमिशन लिएर चेक बनाउन लेखा अधिकृत साहलाई निर्देशन दिने गरेको ती एनजिओकर्मीको भनाई रहेको छ । कमिशनको मामिलामा सुक्ष्म अनुभव बटुलेका अधिकृत गिरीले “एनी हाउ पैसा कमाउ” अभियानमा लागे पछि कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिहरु रुष्ट बन्दै गएका छन् ।

अधिकृत गिरीको सोही बानी व्यवहोराका कारण कालिकामाई युवा समाजले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति लगायतका निकायहरुमा उनी माथि कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । कमिशनको मामिलामा माहिर मानिएका अधिकृत गिरीको भ्रष्टाचार कार्यबाट पालिकाका केही जनप्रतिनिधिहरु आजित भईसकेको अवस्था छ भने सेवाग्रहीहरु सास्ती भोग्न बाध्य भएका छन् । यस सन्दर्भमा अधिकृत गिरी सँग पटक–पटक मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा रिङ्ग गईरहे पनि सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१