Siraha Times
ताजा समाचार

सिरहा भगवानपुरमा लागूऔषध सहित ४ जना पक्राउ

  • भदौ १५, २०८२
  • १०६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

 लहान १५ भदौ । मिति २०८२ भदौ १४ गते अन्दाजी राति ८:१० बजेको समयमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले भगवानपुर गाउँपालिका–१ भगवानपुर चौकदेखि करिब १०० मिटर पश्चिमतर्फ शंकास्पद रूपमा रहेका व्यक्तिहरूलाई चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा प्लाष्टिक सहित ४१.९७ ग्राम र प्लाष्टिक बाहेक ४० ग्राम गरी जम्मा करिब ८२ ग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा प्रयोग भएको BR 32 AX 1483 नम्बरको १२५ CC पल्सर मोटरसाइकल समेत बरामद गरिएको छ ।

बरामद लागूऔषध र मोटरसाइकल सहित संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लहानमा ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा — १. भारत, बिहार राज्य, मधुबनी जिल्ला, थाना लौकही, ग्राम पञ्चायत झौहरी, ग्राम घोवयाही वडा नं. १ का २४ वर्षीय मो. मिस्टर । २. भारत, बिहार राज्य, मधुबनी जिल्ला, थाना खुटौना, ग्राम पञ्चायत प्रसाही पुर्वी, ग्राम मुरारपट्टि बस्ने ३८ वर्षीय अख्तर हुसेन । ३. भारत, बिहार राज्य, मधुबनी जिल्ला, थाना लौकही, ग्राम पञ्चायत झौहरी, ग्राम घोवयाही वडा नं. १ का २३ वर्षीय मोहमद मुस्तफा । ४. जिल्ला सप्तरी, खड्क नगरपालिका–६ बस्ने ४२ वर्षीय आविद हुसेन । उनीहरूलाई मिति २०८२ भदौ १५ गते जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद अनुमति लिएर लागूऔषधसम्बन्धी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१