Siraha Times
ताजा समाचार

प्रहरी चौकी गण्डकका ईन्चार्ज जगदीश र घुमुवा छोटेलाल असुली कार्यमा मस्त

  • भदौ १४, २०८२
  • ९७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १४ भदौ । वीरगंजको प्रहरी चौकी गण्डकका ईन्चार्ज प्रहरी सहायक निरीक्षक जगदीश यादवले घुमुवा खटाई अवैध कारोबारीहरुबाट रकम असुली गराई राखेको समाचार प्राप्त भएको छ ।

वीरगंज, कलैयाबाट खुल्ने रात्री बस तथा ट्रान्सपोर्टका गाडीहरुबाट सो चौकीका घुमुवा प्रहरी हवलदार छोटेलाल यादवले मासिक लाखौं रकम असुली गरिराखेको समाचार स्रोतले जनाएको छ ।
वीरगंजका विभिन्न ट्रान्सपोर्टहरुबाट अवैध सामग्रीहरु लोड गरी दैनिक दर्जनौं दर्जन गाडीहरु गण्डक भएर अन्य जिल्लाहरुमा पुग्छन् । सो गाडीमा अवैध सामग्रीहरु रहेको सूचना पाए पनि चेकजाँच गरी कारवाहीको दायरामा ल्याउनु पर्नेमा घुमुवा हवलदार यादवले सो गाडीहरु सँग सेटिङ्ग मिलाई मासिक रुपमै नजराना बुझने गरेको बताईन्छ ।
त्यसैगरी वीरगंजबाट चल्ने रात्री बस, माईक्रो लगायतका गाडीहरुमा पोके महिला तस्करहरु सँग पनि घुमुवा यादवले प्रति पोकाको रकम निश्चित गरेर एकमुष्ट बुझने गरेको समाचार स्रोतले जनाएको छ । पोके तस्करहरुले कुनै पनि गाडीमा अवैध सामग्रीहरु लिएर जाँदा सो चौकीका डियुटीमा खटेका प्रहरीहरुले सोधपुछ गर्दा “फलानो व्यक्तिको सामान हो, हवलदार छोटेलाल सर सँग ठिक छ” भने पछि जानुस भन्दै छुट दिने गरिएको एक पोके तस्करले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
हेर्दा गण्डक चौकी सामान्य लागे पनि सो चौकीका घुमुवा छोटेलालले मासिक रुपमा करिब ३ लाख देखि ५ लाख सम्म असुल्ने गरेको ती तस्करको दाबी रहेको छ ।
प्रहरी हवलदार छोटेलालको दरबन्दी सर्लाही जिल्लामा भए पनि उनी वीरगंजमा घुमुवाको रुपमा कार्यरत्त रहेको बताईन्छ ।
घुमुवा छोटेलाल यस भन्दा अगाडि वीरगंज भन्सार, बसपार्क चौकीमा घुुमुवा बसीसकेकाले उनलाई तस्कर र तस्करीबारे राम्रो जानकारी रहेकोले उनलाई गण्डक चौकीका ईन्चार्ज असई जगदीश यादवले आफु सँगै राखी रकम असुली गराई रहेको समाचार स्रोतले जनाएको छ ।
हुनत, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले केही दिन पहिला मधेश प्रदेश भरीकै घुमुवाहरुलाई हटाई सकेको बताईन्छ । तर हालसम्म पर्सा जिल्लाको गण्डक चौकीका घुमुवा छोटेलाल यादव आफ्नो असुली कार्य जारी राख्दा पनि उनी माथि कारवाही नहुँदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।
प्रहरीको काम शान्ति सुरक्षा र अमन चयन कायम गराउने भए पनि यस्ता केही प्रहरीहरुका कारण पुरै संगठन नै बन्दनाम हुदै गएकोमा प्रहरीको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

भगवानपुरमा कृषि तथा ...

ओम प्रकाश  यादव लहान, वैशाख १७ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान वैशाख १७। सशक्त, समृद्ध, सम्मानित किसान सबल महासंघले आगलागीबाट प्रभावित परिवारहर ...

लहान–२० मा नवनिर्मित ...

ओम प्रकाश यादव लहान वैशाख १७ । सिरहाको लहान नगरपालिका–२० मा नवनिर्मित वडा कार्यालय भवन औपचारिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१