सिरहामा आत्महत्या नियन्त्रण र दाइजो प्रथा अन्त्यबारे उच्चस्तरीय छलफल

  • भदौ १४, २०८२
  • ७५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ १४। सिरहा जिल्लाका विभिन्न सामाजिक समस्यासँग सम्बन्धित विषयमा व्यापक छलफल भएको छ। औरही गाउँपालिका अध्यक्ष शिवजी यादव , नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव र सिरहा प्रादेशिक अस्पतालका अध्यक्षबीच संयुक्त बैठक गर्दै आत्महत्या नियन्त्रण, दाइजो प्रथा न्यूनीकरण र सामाजिक सचेतना सम्बन्धी गम्भीर छलफल गरिएको हो।

बैठकमा पछिल्लो समय गाउँघरमा आत्महत्या गर्ने घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको थियो। विशेषगरी मानसिक तनाव, बेरोजगारी, पारिवारिक विवाद र सामाजिक दबाबका कारण आत्महत्या गर्ने घटना बढेकाले स्थानीय तह, स्वास्थ्य संस्था र सामाजिक संघसंस्थाले संयुक्त रूपमा काम गर्नुपर्ने निष्कर्ष निकालिएको अध्यक्षहरूले बताएका छन्।

यस्तै, तराई–मधेश क्षेत्रमा अझै जरा गाडेर बसेको दाइजो प्रथाले महिलामाथि हुने हिंसा र आत्महत्या जस्ता घटनामा पनि प्रत्यक्ष असर पारिरहेको भन्दै तत्कालै प्रभावकारी अभियान सञ्चालन गर्ने सहमति भएको छ। गाउँपालिकाका अध्यक्षहरूले आफ्ना-आफ्ना पालिकामा सचेतना कार्यक्रम, विद्यालयस्तरमै दाइजो विरोधी शिक्षा र अभिभावक–विद्यार्थी संवाद सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। 

सिरहा प्रादेशिक अस्पतालका अध्यक्षले स्वास्थ्य संस्थाले आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य उपचारका लागि छुट्टै परामर्श सेवा उपलब्ध गराउने जानकारी दिए। साथै, पीडितलाई तत्काल मनोपरामर्श दिने, आपतकालीन उपचारमा प्राथमिकता दिने र विभिन्न सामाजिक अभियन्ताहरूसँग सहकार्य गर्ने योजनाबारे छलफल भएको बैठकले जनाएको छ। 

बैठकमा सहभागी तीनै अध्यक्षहरूले स्थानीय सरकार र अस्पताल मात्र होइन, समाजका बुद्धिजीवी, युवाहरू, महिला समूह र सम्पूर्ण नागरिकले साथ नदिएसम्म आत्महत्या नियन्त्रण र दाइजो प्रथा अन्त्य गर्न कठिन हुने निष्कर्ष समेत निकालेका छन्।

प्रतिक्रिया दिनुहोस

घुर्मी नदी किनारमा फ ...

लहान असोज ३० । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदी किनारमा झाडीभित्र फालिएको अवस्थाम ...

लहान सडक डिभिजनका तत ...

लहान, असोज ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहानका तत्कालीन डिभिजनल इन्ज ...

सखुवानन्कारकट्टीमा न ...

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१