अल्ट्रा अभियानका सञ्चालकहरुले ठगी गर्दै हजारौ सदस्यहरुलाई बनाए बिल्लीबाठ, कसले गर्ने कारवाही ?

  • भदौ १०, २०८२
  • २६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १० भदौ । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजका आधिकारिक प्रोपराईटर ऋषिकान्त गुप्ता भए पनि आन्तरिक सम्झौता अनुसार शेयरमा दिपेश वर्णवाल, सुशिल सर्राफ र भरत साह रहेकोमा कुनै किसिमको शंका उपशंका नरहेको प्रष्टै नै छ । अभियानको कार्यालय वीरगंजको बसपार्क त्रिशुल चौकमा भए पनि ठग सञ्चालकहरु लुकिछिपी कहिले कलैया, कहिले हेटौडा, कहिले निजगढ त कहिले चितवन लगायतका ठाउँहरुमा चिठ्ठा खेलाउदै आएको जगजाहेर नै छ । 

अभियानका सञ्चालकहरुले चिठ्ठा खेलाउने क्रममा गत कात्तिक ३० गते चितवन जिल्लाको रेनफोरेष्ट रिसोर्टमा खेलाउदै गर्दा तत्कालिन अवस्थामा पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले चितवन जिल्लामा छदा सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता र सुशिल सर्राफका छोरा लगायतकालाई पक्राउ गरी चिठ्ठा ऐन अन्र्तगत मुद्दा दर्ता गरी थुनामा राखी कारवाही गरेका थिए । तर पर्साका एकाधवटा मिडियालाई नटवरलाल दिपेश वर्णवालका छोरा योगेश वर्णवालले गुमराहमा पारी अभियानमा मेरो बुवाको संलग्नता नरहेको बताउदै आएका छन् ।

यदि दिपेशको संलग्नता छैन् भने चितवन जिल्लामा किन समातिए ? उनले प्रहरी खोरमा किन बस्नु प¥यो ? पत्रकारिता क्षेत्रमा लागेका अनुभवी र जिम्मेवार पत्रकारहरुले नटवरलाल ठग दिपेशको छोरा योगेश जस्तो ओहियात व्यक्तिको भ्रमित कुरामा लागेर पत्रकारिता क्षेत्र बदनाम नगराउंदा वेश हुने थियो । पाठकवृन्द, अल्ट्रा अभियानका सञ्चालकहरुले यस भन्दा अगाडि अभियान डिजिटल वल्र्ड प्रा.लि.को नामले करोडौं करोड असुलेर चिठ्ठामा परेका सामानहरु हजरौं सदस्यहरुलाई हालसम्म नदिएको सर्वविदितै नै छ । अभियान डिजिटलको नामले सदस्यहरुको रकम हजम गरे पछि विवाद उत्पन्न हुँदा ती ठग सञ्चालकहरुले अर्को कम्पनि अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. खडा गरेर एसी प्रोजेक्टको नाम दिदै ६ हजार ९ सय ९९ जना सदस्यहरु सँग प्रति व्यक्ति मासिक रुपले २२५० को दरले १ करोड ५७ लाख ४७ हजार ७५० रुपैया असुल्दै आएका छन् । 

एसी प्रोजेक्टमा १३ औं चिठ्ठा कार्यक्रम गत साउन ७ गतेका दिन बारा जिल्लाको कलैयाको एक होटलमा लुकिछिपि खेलाई सकेका अभियानका सञ्चालकहरुले १४ औं किस्ताको रकम उठाउन एजेन्टहरुलाई उर्दी जारी गरी सकेका छन् । अभियानका ठग सञ्चालकहरुले १३ औं किस्तासम्म २० करोड ४७ लाख २० हजार ७५० रुपैया असुली गरिसकेको स्रोतको भनाई रहेको छ । चितवनका तत्कालिन प्रहरी उपरिक्षक मिश्र पर्सा जिल्लामा आईसकेपछि अभियानका ठग सञ्चालकहरुले खुल्लेयाम रुपमा असुली गर्दै चिठ्ठा खेलाई ठगी गरिरहंदा पनि हालसम्म उनीहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा प्रहरी उपरिक्षक मिश्रलाई नराम्रो एसपी भन्दै सचेत नागरिकहरुले टिका टिप्पणी गर्न थालेका छन् । 

पर्सा प्रहरी प्रशासनको प्रत्यक्ष संरक्षणमा अल्ट्रा अभियानका सञ्चालकहरुले ठगी गर्दै नेपाल सरकारको राजस्व छल्दै हजारौं सदस्यहरुलाई बिल्लीबाठ बनाईरहंदा पिडितहरु झन पिडा खेप्न बाध्य भएका छन् । एक अर्को ठगी मुद्दामा कृष्ण कुशवाहाको जाहेरीले दिपेश वर्णवाल हाल थुनामा रहेका छन् । अल्ट्रा अभियानको नाममा हजारौं व्यक्तिहरु सँग ठगेको करोडौं करोड रकम सञ्चालकहरुले कबाड पसल, ऋषि आदिवासी तेल, कलेज र क्रिप्टोकरेन्सीमा लगानी गर्दै आएको बताईन्छ । दर्जनौं एजेन्टहरु मध्ये सोझासाझा सर्वसाधारणहरुलाई ललाईफकाई सबैभन्दा बढी सदस्य बनाउने र बढी कमिशन खाने अग्रपंक्तिमा रहेका घनश्याम ओझा कबाड पसलको काम हेर्दै आएको बताईन्छ । 

टिभी एसेम्बलिङ्ग गर्ने अनुमति लिएका अल्ट्रा अभियानले चिठ्ठा खेलाई करोडौं ठगी गरिरहंदा पर्सा प्रहरी प्रशासनको सुशासनको गफ नारामा मात्र सिमित रहेको भन्दै चिया पसलहरुमा अचेल जोडतोडले चर्चा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१