Siraha Times
ताजा समाचार

मकवानपुरमा भारतीय सुमोबाट ठूलो परिमाणको लागुऔषध बरामद, दुई पक्राउ

  • भदौ ८, २०८२
  • ९७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा नियमित चेकजाँचको क्रममा भारतीय सुमोबाट उक्त लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । 

रक्सौलबाट काठमाण्डौ तर्फ आउँदै गरेको BR 01 PB 1802 नम्बरको भारतीय सुमो रोकी चेकजाँच गर्ने क्रममा चालक भारत उत्तर प्रदेश बहराईच जिल्ला बलै गाउँ बस्ने ३५ वर्षीय किस्मत अली र सोही जिल्ला बस्ने २८ वर्षीय शाहरुख अलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार शंका लागी रितपूर्वक खानतलासी गर्दा सुमोको पछाडिपट्टि साइडको वडीभित्र लुकाइ ल्याइएको अवस्थामा कालो प्लाष्टिकमा प्याक गरिएका ३९ पोका लागुऔषध फेला परेका छन् । बरामद मध्ये PHENERGAN–१९५० एम्पुल, NOOPHIN–१९५० एम्पुल, DIAZEPAM–१९५० एम्पुल गरी जम्मा ५८५० एम्पुल तथा TRAMADOL २४० क्याप्सुल रहेका छन् । 

बरामद गरिएको लागुऔषध तथा सवारी साधनसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१