अल्ट्रा अभियानका नटवरलाल दिपेश पक्राउ, अन्य नटवरलाल ऋषिकान्त, सुशिल र भरतको बाहिर रजगज

  • साउन २९, २०८२
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २९ साउन । अल्ट्रा अभियान डिजिटल वल्र्ड प्रा.लि.का सञ्चालक नटवरलाल दिपेश वर्णवाललाई बुधवार पर्सा प्रहरीले पक्राउ गरेको छ । 

विभिन्न व्यक्तिहरुलाई ठगेको आरोपमा कृष्ण कुशवाहाको जाहेरीले वर्णवाललाई प्रहरीले पक्राउ गरेका हुन् । वर्णवालले अनलाईन व्यापार र लगानीको नाममा विभिन्न व्यक्तिहरु सँग लाखौं लाख असुल गरेर नेटवर्किङ्ग व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गर्दै दुनियाको आँखामा धुलो झोक्दै ठगी गर्दै आएका व्यक्ति हुन् ।
वर्णवाल विरुद्ध ठगी सम्बन्धि कसुरमा मुद्दा दर्ता भई सम्मानित जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । जाहेरवाला कृष्ण कुशवाहाको नाममा वर्णवालले काटेको २२ लाखको चेक मन्जुश्री फाईनान्स लि.मा भजाउन जाँदा खाता नै बन्द गरेको भेटिए पछि कुशवाहाले वर्णवाल विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
अल्ट्रा अभियानको नाममा हजारौं व्यक्तिहरु सँग ठगेको करोडौं करोड रकम नटवरलाल दिपेशले कबाड पसल, ऋषि आदिवासी तेल, कलेज र क्रिप्टोकरेन्सीमा लगानी गर्दै आएको बताईन्छ ।
दिपेशलाई पर्सा प्रहरीले ठगी विरुद्ध मुद्दा दर्ता गरेर पक्राउ गरे पनि अल्ट्रा अभियानको नाममा चिठ्ठा खेलाउदै हजारौं सर्वसाधारणहरुलाई ठगी गरिरहंदा सो अल्ट्रा अभियानलाई बन्द गराउने र पिडितहरुलाई रकम फिर्ता गराउने तदारुक्ता हालसम्म देखाएको छैन् ।
अल्ट्रा अभियानको एसी प्रोजेक्टमा ६ हजार ९ सय ९९ जना सदस्यहरु सँग प्रति व्यक्ति मासिक रुपले २२५० को दरले १ करोड ५७ लाख ४७ हजार ७५० रुपैया असुल्दै आएका छन् । १३ औं चिठ्ठा कार्यक्रम साउन ७ गतेका दिन बारा जिल्लाको कलैयाको एक होटेलमा लुकुछिपी खेलाई सकेका अभियानका सञ्चालकहरुले १४ औं किस्ताको रकम उठाउन एजेन्टहरुलाई उर्दी जारी गरी सकेका छन् ।
दर्जनौं एजेन्टहरु मध्ये सोझासाझा सर्वसाधारणलाई ललाईफकाई सबैभन्दा बढी सदस्य बनाउने र बढी कमिशन खाने अग्रपंक्तीमा रहेका घनश्याम ओझा वर्णवालको कबाड पसलको काम हेर्र्दै आएको बताईन्छ ।
अल्ट्रा अभियानका साझेदार सञ्चालक ऋषिकान्त गुप्ता, सुशिल सर्राफ र भरत साह पनि रहेका छन् । वीरगंजको बसपार्क त्रिशुल चौक निर कार्यालय खोलेर वर्णवाल, गुप्ता, सर्राफ र साहले चिठ्ठाको नाममा अबैध रकम असुली रहंदा पर्साका प्रहरी प्रशासनले सो कार्यालय बन्द गराई पिडितहरुको रकम फिर्ता गराउनु पर्नेमा सो नगरी सञ्चालकहरुको मनोबल बढाउदै आएको बताईन्छ ।
सञ्चालकहरुले टिभी एसेम्बलिङ्ग गरी विक्री वितरण गर्न अनुमति लिए पनि सो नगरी सोझासाझा जनतालाई विभिन्न प्रलोभनमा पारी सदस्य बनाउदै लुकिछिपी चिठ्ठा खेलाउदै ठगी गर्दै आएका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको वीरगंजमा आगमत हुँदा उनले पर्सेली पत्रकारहरु सँग परिचयात्मक कार्यक्रम राख्दा सो कार्यक्रममा पत्रकारहरुले अल्ट्रा अभियान डिजिटल वल्र्ड प्रा.लि.ले टिभी एसेम्बलिङ्ग गर्ने अनुमति लिए पनि चिठ्ठा खेलाई रहेको जिज्ञासा राख्दा प्रजिअ अर्यालले म चाडै बुझेर कारवाही गर्छु भने पनि उनले हालसम्म कारवाहीको प्रक्रिया अगाडि नबढाउंदा पिडितहरु थप पिडामा परेका छन् ।
अभियानका सञ्चालकहरु गत कार्तिक ३० गते चितवन जिल्लाको रेनफोरेष्ट रिसोर्टमा लुकिछिपी चिठ्ठा खेलाउदै गर्दा तत्कालिन अवस्थामा प्रहरी उपरिक्षक गौतम मिश्रले चितवन जिल्लामा छदा अभियानका सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता लगायतकालाई पक्राउ गरी चिठ्ठा ऐन अन्र्तगत मुद्दा दर्ता गरी थुनामा राखी कारवाही गरेका थिए ।
तर पर्सा जिल्लामा उनै प्रहरी उपरिक्षक मिश्र आईसके पछि अभियानका ठग सञ्चालकहरुले खुल्लेयाम रुपमा चिठ्ठा खेलाई ठगी गरिरहंदा पनि हालसम्म उनीहरुलाई कारवाहीको दायरामा ल्याउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

दाँत एवम् मुख रोग सम ...

कृष्णनगर, कपिलवस्तु , मंसिर २१  । कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्ध ...

नेपाली कांग्रेस सिरह ...

लहान, २१ मंसिर। आगामी २१ फागुनमा हुन गईरहेको प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस स ...

हिमालयन विद्या निकेत ...

ओम प्रकाश यादव लहान, मंसिर २० । लहान–६ स्थित हिमालयन विद्या निकेतन (Himalayan Vidya Niketan) ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१