ताजा समाचार

प्रदेश टाइम्स्का सम्पादक यादवमाथि ज्यान मार्ने धम्की र दुर्व्यवहार, पत्रकार महासंघद्वारा घोर भर्त्सना

  • साउन ४, २०८२
  • १४८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार तथा ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ। विष्णुपुर गाउँपालिकासम्बन्धी समाचार लेखेको निहुँमा स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवन गरी यादवमाथि गालीगलौज, दुर्व्यवहार र फोनमार्फत ज्यान मार्ने धम्की दिएका थिए।

विष्णुपुर गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट बाँडिएको विषयमा समाचार प्रकाशन गरेको कारण पत्रकारमाथि गरिएको यस प्रकारको हमला अत्यन्त निन्दनीय र आपत्तिजनक हो। नेपाल पत्रकार महासंघ सिराहा शाखाले यस घटनाको घोर भर्त्सना गर्दै दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। महासंघले यस्ता आक्रमण कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई धैर्य, एकता र प्रेस स्वतन्त्रताका पक्षमा एकजुट हुन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ का तीन विद्य ...

ओम प्रकाश यादव लहान, ९ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिक ...

गोलबजारमा लैङ्गिक हि ...

सिरहा मंसिर, ९ । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य ...

लहानमा स्वच्छता अभिय ...

ओम प्रकाश यादव लहान मंसिर ९। सिरहाको लहानमा सञ्चालन भइरहेको स्वच्छता अभियानअन्तर्गत आम नागरिकलाई शौच ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤