ताजा समाचार

जग्गा हडपिएको भन्दै मिडियामार्फत गरे न्यायको गुहार

  • साउन ३, २०८२
  • ९७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, ३ साउन । बरियारपट्टी गाउँपालिका ३ निवासी ५० वर्षीय काशिराम ठाकुरले आफ्नो करोडौं मूल्यको जग्गा हडपिएको आरोप लगाउँदै शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक रूपमा न्यायको माग गरेका छन् । काशिराम ठाकुरका अनुसार वि.सं. २०६९ सालको जेठ महिनामा उनले धनगढीमाई नगरपालिका ५ निवासी रामदेव ठाकुर बडहीसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । उक्त रकम २ प्रतिशत मासिक ब्याजदरमा लिएको र त्यसबापत उनले आफ्नो तीन कित्ता जग्गा तथा ४ लाख रुपैयाँ बराबरको तमसुक धरौटी राखेका थिए।

ठाकुरले भने, "ऋण लिएको दुई वर्षपछि जब रकम फिर्ता गर्न गइयो, रामदेव ठाकुरले भने ‘अहिले मलाई फुर्सद छैन, म बाहिर जान लागेको छु, अर्को पटक हिसाब गरौँला।’ तर त्यसपछि पटक–पटक गएपनि उनले पैसा लिन अस्वीकार गर्दै उल्टै अदालतमा झुटो मुद्दा दायर गरे।" धरौटी राखिएको जग्गा रामदेव ठाकुरकी धर्मपत्नीको नाममा रहेको पिडित ठाकुरले जनाए। साथै, रामदेव ठाकुरका छोरा सञ्जय ठाकुर हाल लहानको पशुपति माविको अगाडि कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरिरहेको पिडितको भनाइ छ।

काशिराम ठाकुरका अनुसार हाल धरौटीको रूपमा राखिएको जग्गाको मूल्य एक करोड रुपैयाँभन्दा बढी छ। उनले आरोप लगाए अनुसार आफूसँग सहमति विना उक्त जग्गा तेस्रो पक्षसँग बिक्री गरिसकेको र जब सोबारे बुझ्न जादा, उल्टै साहु पक्षले धाकधम्की दिएको आरोप समेत लगाए। ठाकुरले भने, “गाउँका सरोकारवाला, पञ्चायत, प्रहरी प्रशासन सबैसँग सहयोगको याचना गरेँ, तर कसैले सुनुवाइ गरेन। त्यसैले म मिडियामार्फत देशभरिका नागरिक, सम्बन्धित निकाय र सञ्चारकर्मीहरूसँग मेरो न्यायको लागि आवाज उठाइदिन आग्रह गर्न आएको हुँ।”

पिडित ठाकुर आंशिक शारीरिक अशक्तता बोकेका व्यक्ति हुन्। गरिखाने अवस्था कमजोर रहेको र उनले पटक–पटक साहुको सम्पर्कमा पुग्दा पनि न्याय नपाएपछि अहिले अन्तिम विकल्पको रूपमा सञ्चार माध्यमको शरण लिएको बताएका छन्। समापनमा उनले भने, “१२–१३ वर्षको अवधिमा साहुको जे जति ब्याज भयो त्यो तिर्न म तयार छु। तर मेरो धरौटी राखिएको तीन कित्ता जग्गा र अरू रोक्का गरिएका सम्पत्ति फिर्ता गराइदिनुहोस्। म सरकार, स्थानीय तह, प्रहरी प्रशासन, मानवअधिकारकर्मी र सञ्चारकर्मीहरू सबैसँग मेरो न्यायको लागि सहयोगको अपिल गर्दछु।”

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤