Siraha Times
ताजा समाचार

सिरहामा ७१७.६ किलोग्राम गाँजा बरामद, ६० वर्षीय मेदी यादवको घरमा प्रहरीको छापा

  • साउन २, २०८२
  • १०४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव  लहान, साउन ४ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४, पोखरिया स्थित एक घरबाट ठूलो परिमाणमा लागूऔषध (गाँजा) बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ६० वर्षीय मेदी यादवको घरमा गोप्य सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले शुक्रबार बिहान ६ बजे छापा मारेको थियो।

प्रहरी चौकी सिलौर्वापछवारी, सशस्त्र प्रहरी वेश क्याम्प सुखीपुर, र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा सो घरबाट ७१७.६ किलोग्राम गाँजा फेला पारेको जनाएको छ। प्रहरीका अनुसार गाँजा घरभित्र लुकाईछिपाई राखिएको अवस्थामा फेला परेको हो।

साथै घटनास्थलबाट को.१३प २१५२ नम्बरको होण्डा कम्पनीको मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। हाल घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा र मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। प्रहरी स्रोतका अनुसार यो सिरहा जिल्लामा पछिल्लो समय बरामद भएको लागूऔषधमध्ये ठूलो परिमाण हो। प्रहरीका अनुसार लागूऔषध विरुद्ध निगरानी तथा कडाइ तीव्र बनाइएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१