Siraha Times
ताजा समाचार

लहानमा लागूऔषधसहित दुई युवा पक्राउ, ठूलो मात्रामा ब्राउन सुगर र नगद बरामद

  • असार २०, २०८२
  • ८४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान अषाढ़ २० । सिरहा जिल्लाको लहान नगरपालिका–११ स्थित पडरिया टोलमा लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारी दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा सोही ठाउँका २८ वर्षीय मिथलेशकुमार चौधरी र अन्दाजी २४ वर्षीय राजनन्दन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार दिउँसो मिथलेशकुमार चौधरीको घरमा छापा मारेको थियो । छानबिनको क्रममा ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर र नगद रकम फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीका अनुसार उक्त घरबाट १ सय २४ दशमलव ६२ ग्राम ब्राउन सुगर, २ लाख ८६ हजार ७ सय १० नेपाली रुपैयाँ र १२ सय ५० भारतीय रुपैयाँ नगद बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट उक्त लागूऔषध भारतबाट ल्याई नेपालमा बिक्री वितरण गर्ने उद्देश्यले राखिएको पाइएको छ । पक्राउ परेका दुबै जनालाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ब्राउन सुगरसहितको कारोबार नियन्त्रण गर्न विशेष निगरानी बढाएको र यसरी समातिनेहरूलाई कडा कारबाही गरिने चेतावनी समेत दिएको छ । लहान आसपासका क्षेत्रमा पछिल्लो समय लागूऔषधको लत युवावर्गमा बढ्दै गएकोप्रति प्रहरीले चिन्ता व्यक्त गर्दै सो कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको जानकारी दिएको छ । यस घटनाले लहान क्षेत्रमै लागूऔषध कारोबार सक्रिय रहेको तथ्य उजागर भएको छ । प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिई थप संलग्न व्यक्तिहरुको खोजीमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

“अब सेवा प्रवाह अझ प ...

रहमुल, लहान, ३१ वैशाख । सिरहाको लहान नगरपालिका–९ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन सम्पन ...

अर्नमा गाउँपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ३१। सिरहाको अर्नमा गाउँपालिका ले ग्रामीण सडक पूर्वाधार सुदृढीकरण अन्तर्गत ...

सीमावर्ती गाउँको विद ...

ओम प्रकाश यादव लहान, वैशाख ३०। सप्तरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र तथा नेपाल–भारत दसगज्ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१