ईप्रका प्रसौनी बाराको घुमुवा अवधेशको असुली धन्दा तीब्र, प्रहरी निरीक्षक श्रेष्ठले सहयोग गर्दै

  • जेठ २९, २०८२
  • ७५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २९ जेष्ठ । बाराको प्रसौनी स्थित ईलाका प्रहरी कार्यालय प्रसौनीले अघोषित रुपमा घुमुवा खटाई अबैध कारोबार तस्करीलाई प्रसय दिईरहेको समाचार प्राप्त हुन आएको छ । ईप्रका प्रसौनी मातहतका युनिटहरु र तस्करहरुबाट रकम असुलीकै लागि एक प्रहरी सहायक हवल्दारलाई घुमुवाको रुपमा खटाईएको समाचार स्रोतले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीमा कार्यरत प्रहरी सहायक हवल्दार अवधेश मुखिया बिनले ईप्रका प्रसौनी मातहतमा पर्ने बलिरामपुर, छतवा, जोतपुर लगायतका नाकाहरुबाट हुने गरेको अबैध कारोबारीहरुबाट मासिक रुपमा नाकामै पुगी रकम असुली गरिरहेको स्थानिय प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ । शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि चोरी तस्करी जस्ता आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय प्रसौनीका घुमुवाहरुले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाचार स्रोतको दाबी रहेको छ ।

सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् । सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक ५ हजार देखि ५० हजार असुली घुमुवा बिनले तस्करीको लाईन सुचारु गराएको एक व्यपारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

सो नाका भएर भारतबाट सेशनाथ ईलेक्ट्रोनिक्स, उज्वल ग्रुप किराना, अमर ग्रुप २० जना साइकल, उमेश, सुरेन्द्र, तमन्ना,राजेश र चन्दन कपडा, प्रेम र मुकेश काजु, बृजकिशोर, दिनेश र अनिल गुटका रजनीगंधा लगायतका व्यपारीहरुले तस्करीको माध्यमबाट निर्वाध रुपमा सामग्रीहरु भित्रयाई रहेको समाचार स्रोतले जनाएको छ । ती स्रोतका अनुसार तस्करी वापत घुमुवा विनले ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख एवम प्रहरी निरीक्षक टोपेन्द्र श्रेष्ठलाई राम्रै रकम बुझाउने गरेको बताईन्छ ।

यदि प्रहरी निरीक्षक श्रेष्ठले “मासिक नजराना नबुझेको भए रातीको समयमा निर्वाध रुपमा तस्करी भईरहेको विभिन्न माध्यमले प्रहरी निरिक्षकलाई जानकारी गराए पनि कुनै कारवाही नगरी मौन बस्नुले पनि उनको पनि संलग्नता रहेको प्रष्ट हुन्छ” ती स्रोतको कथन रहेको छ । बिगतका समयमा प्रहरी सहायक हवल्दार बिन प्रहरी चौकी जीतपुर, मटिअर्वा, बलिरामपुर लगायतका प्रहरी युनिटहरुमा बस्दा घुमुवा रही तस्करहरु सँग बार्गेनिङ्ग गर्ने, असुली गर्ने राम्रो अनुभव भएकै कारण उनलाई नै ईप्रका प्रसौनीमा पनि घुमुवाको रुपमा खटाईएको प्रहरी स्रोतले जनाएको छ । घुमुवा बिनको दरबन्दी सप्तरीमा भए पनि प्रहरी निरीक्षक श्रेष्ठको विश्वासपात्र भएकै कारण काजमा बोलाई हाल ईप्रका प्रसौनीमा घुमुवाको रुपमा खटाई रहेको प्रहरी श्रोतको दाबी छ ।

सो सम्बन्धमा ईप्रका प्रसौनीका प्रहरी निरिक्षक श्रेष्ठ सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन । सो क्षेत्रहरुबाट चोरी तस्करी बढेको भए पनि प्रहरीको माथिल्लो निकायको ध्यान नपुग्दा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

वीरगन्जमा एमालेको शक ...

रंजित चौरसिया,वीरगंज २३ माघ । नेकपा एमाले वीरगन्ज महानगर कमिटीको आयोजनामा केन्द्रिय उपमहासचिव तथा यु ...

सिरहा नपा–१७ मा जेष् ...

नरेशचन्द्र बरबरिया सिरहा माघ २३  । सिरहा नगरपालिका–१७ मा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गत ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २३ माघ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्जबीच स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१