ताजा समाचार

सबल महासङ्हजलवायुमैत्री गाउँ नेपाल परियोजनाको वार्षिक प्रगति समीक्षा कार्यक्रम लहानमा सुरु

  • जेठ २८, २०८२
  • १०२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, सिराहा, जेठ २८ ।‘सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासङ्ह’ भन्ने मूल नारासहित जलवायुमैत्री गाउँ नेपाल परियोजना अन्तर्गत वार्षिक प्रगति समीक्षा तथा व्यवहारिक कार्यान्वयन र कार्यदिशा तय गर्ने दुई दिवसीय राष्ट्रिय कार्यक्रम आजदेखि सिरहाको लहानमा सुरु भएको छ। कार्यक्रमको आयोजना राष्ट्रिय कृषक समूह महासङ्ह नेपाल (NAFGN) ले गरेको हो, जसमा सिरहा र सप्तरि जिल्लाबाट आएका कृषक प्रतिनिधि, कृषि विज्ञ, नीति निर्माणमा संलग्न व्यक्तित्वहरू, स्थानीय सरकारका प्रतिनिधिहरू, सहयात्री संघसंस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन गर्दै आयोजक संस्थाका अध्यक्षले जलवायुमैत्री कृषि प्रणालीको महत्व औंल्याउँदै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न कृषकहरूलाई सशक्त बनाउनु पर्ने आवश्यकता बताएका थिए। उनले कृषिमा नवप्रवर्तन, समावेशीता र व्यवहारिक कार्यान्वयनको दिशामा यो कार्यक्रम मार्गदर्शक हुने बताए। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा परियोजनाको हालसम्मको उपलब्धिहरू, चुनौतीहरू, भविष्यका योजना र नीतिगत सुधारबारे समूहगत छलफल, कार्यपत्र प्रस्तुति तथा सुझाव संकलन गरिनेछ।

यस कार्यक्रमबाट जलवायु अनुकूल कृषि प्रणालीलाई स्थानीय तहदेखि राष्ट्रिय नीति निर्माणसम्म सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सिरहा, सप्तरी तराई मधेस क्षेत्रका जिल्लाबाट सक्रिय कृषक समूहहरूको उल्लेखनीय सहभागिता रहेको छ। सहभागीहरूले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरू र त्यसको समाधानका सम्भाव्य उपायहरूबारे आफ्ना अनुभव साझा गरेका छन्। कार्यक्रम भोलि असार २९ गते समापन हुनेछ। समापन सत्रमा कार्यान्वयन योग्य कार्यदिशा प्रस्ताव पारित गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤