डाक्नेश्वरी नगरपालिकामा EMIS तथा IT सम्बन्धि तीन दिने तालिम सम्पन्न

  • जेठ २४, २०८२
  • ३२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशेष आयोजनामा शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि तीन दिने EMIS (Education Management Information System) तथा सूचना प्रविधि (IT) सम्बन्धि तालिम सम्पन्न गरिएको छ । तालिम क्रमशः जेठ १९ गतेदेखि २१ गतेसम्म EMIS विषयमा र जेठ २२ गतेदेखि २४ गतेसम्म IT सम्बन्धि विषयमा सञ्चालन गरिएको थियो।

तालिमको समापन समारोह डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहको अध्यक्षतामा तथा हालै पदस्थापन भएका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा शिक्षा शाखा अधिकृत कृष्ण कुमार यादव समेत सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन श्री जनता माध्यमिक विद्यालय, कटैयाफतेपुरका प्रधानाध्यापक तथा कार्यक्रम संचालक योगेन्द्र प्रसाद मेहताले गर्नुभएको थियो। उहाँले तालिम अवधिभर भएका गतिविधिहरूको समिक्षा गर्दै सहभागी शिक्षक र प्रधानाध्यापकहरूको सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गर्नुभयो।

तालिममा डाक्नेश्वरी नगरपालिकाभित्र रहेका २५ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र focal शिक्षकहरूको सहभागिता रहेको थियो। उनीहरूले तालिममार्फत विद्यालयको प्रशासनिक तथा शैक्षिक व्यवस्थापनमा प्रविधिको प्रयोग, डिजिटल डाटा संकलन, विश्लेषण, र नीतिगत निर्णयका लागि आवश्यक सूचना प्रवाह गर्ने तरिकाहरूमा व्यवहारिक ज्ञान प्राप्त गरेका छन्।

EMIS प्रणाली नेपाल सरकार तथा शिक्षा मन्त्रालयको एक महत्वपूर्ण सूचना व्यवस्थापन प्रणाली हो, जसले विद्यालयको विवरण, विद्यार्थी संख्या, शिक्षक विवरण, पूर्वाधार अवस्था, शैक्षिक प्रगति लगायतका तथ्यांक व्यवस्थित रुपमा राख्न सहयोग गर्छ। यस प्रणालीमार्फत सरकार र स्थानीय तहले नीति निर्माणमा आवश्यक निर्णय लिन सहयोग मिल्दछ।

त्यस्तै, IT तालिममा कम्प्युटर सञ्चालन, इन्टरनेट प्रयोग, ईमेल तथा अनलाइन रिपोर्टिङ प्रणाली, साथै विद्यालयको डिजिटल अभिलेखीकरण कसरी गर्ने भन्ने विषयमा व्यावहारिक अभ्यास गराइएको थियो। तालिमले सहभागीहरूलाई डिजिटल साक्षरतातर्फ प्रेरित गर्नुका साथै आफ्नो विद्यालयको सूचना प्रणालीलाई व्यवस्थित र अद्यावधिक राख्न सीप प्रदान गरेको बताइएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलले तालिम शिक्षा क्षेत्रको गुणस्तर सुधारमा एक महत्वपूर्ण कदम भएको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष मेयर रामलखन मलाहले सहभागी शिक्षकहरूलाई तालिमको ज्ञान विद्यालयमा लागू गर्न आह्वान गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सबै सहयोग गरिने प्रतिवद्धता जनाउनुभयो।

शिक्षा शाखा अधिकृत कृष्ण कुमार यादवले EMIS प्रणाली प्रभावकारी बनाउन सबै विद्यालयले समयमा नै डाटा अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भने, "सूचना व्यवस्थापन प्रणाली बलियो भएमा विद्यालयको वास्तविक अवस्था झल्किनेछ र त्यसअनुसार नीति तथा कार्यक्रम निर्माण गर्न सहज हुनेछ।" तालिम नगर शिक्षा शाखाको समन्वयमा र डाक्नेश्वरी नगरपालिकाको विशेष सहयोगमा सम्पन्न भएको हो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

जनकपुरधाममा लोकतान्त ...

जनकपुरधाम, जेठ/२३ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा आज पार्टी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१