Siraha Times
ताजा समाचार

चेतनामूलक कार्यक्रमको आडमा भ्रष्टाचारको आशंका, प्र. प्र. अ. यादवको संलग्नता भन्दै स्थानीयको आरोप

  • जेठ २३, २०८२
  • ९४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शिव दयाल यादव सिरहा जेठ २३ । कल्याणपुर नगरपालिकामा चेतनामूलक कार्यक्रम, नाटक तथा तालिम जस्ता शीर्षकमा करोडौँ रुपैयाँ खर्च हुने गरेकोमा यस वर्ष पनि झन्डै रु १ करोड ३७ लाख ८० हजार विनियोजन गरिएको छ। तर विगतझैं यस वर्ष पनि यस्ता कार्यक्रम प्रभावकारी नहुने र कागजमै सीमित हुने आशंका जनाइएको छ।

स्थानीय स्रोतहरूका अनुसार, प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवको संलग्नतामा कार्यक्रमको बजेट ५०–६० प्रतिशत कमिसनको आधारमा ठेक्का दिइएको आरोप छ। उनीमाथि विगतदेखि नै योजनाको मोलमोलाइ गरी रकम दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ।

"सीपमूलक तालिम"का नाममा छुट्याइएको बजेट प्रभावकारी रुपमा खर्च नभएको भन्दै स्थानीयले आलोचना गरेका छन्। उनीहरूका अनुसार, तालिम लिने भनिएका व्यक्तिहरूको सूचीमा एउटै व्यक्तिको छाप र हस्ताक्षर रहेको देखिएको छ। सो विवरणले योजनाहरू केवल देखावटी मात्रै रहेको र कार्यान्वयन नभएको संकेत गर्छ।

नगरपालिकाले हरेक वर्ष 'नागरिक वडा पत्र' नाममा बजेट छुट्याउने गरे पनि हालसम्म सार्वजनिक रूपमा उक्त पत्र कहाँ र कसरी वितरण गरिएको भन्नेबारे कुनै स्पष्टता छैन। स्थानीयले यो पनि एक कागजी योजना मात्र भएको र रकम निकाल्ने माध्यम बनाइएको दाबी गरेका छन्।

नगर प्रमुख रामपुकार साहमाथि नगरको समग्र विकासमा भन्दा व्यक्तिगत लाभमा केन्द्रित भएको आरोप लाग्दै आएको छ। उनीमाथि विगतमा गाउँ विकास समिति अध्यक्ष रहँदा पनि सार्वजनिक स्रोतको दुरुपयोग गरेको आलोचना भइसकेको छ। "उनले आफ्ना आफन्तहरूको नाममा सम्पत्ति जोड्नेतर्फ बढी ध्यान दिएका छन्, रोजगारी सिर्जना वा विकासप्रति खासै चासो देखिँदैन," एक स्थानीयले बताए।

स्थानीय सामाजिक अभियन्ताहरूले सार्वजनिक स्रोतको प्रयोगमा पारदर्शिता र जवाफदेहिताको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य नियामक निकायको ध्यानाकर्षण गराएका छन्। “कार्यक्रमहरू कहाँ, कसरी सञ्चालन भए? वास्तविक लाभ कसले पायो? यिनको छानबिन हुनुपर्छ,” एक सामाजिक अभियन्ताको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

रामनगरमा निःशुल्क पश ...

ओम प्रकाश यादव लहान असार १६। सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगरमा आर्थिक वर्ष २०८२/०८३ को ...

दक्ष जनशक्ति उत्पादन ...

कपिलवस्तु, असार १५ । वि.सं. २०५४ मा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठान, बाणगंगा–२ पिपराले ...

जिम्मेवार पत्रकारिता ...

रहमुल, लहान, १५ असार । जिम्मेवार, विश्वसनीय र मर्यादित पत्रकारिताको आधार पत्रकार आचारसंहिताको पालना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१