ताजा समाचार

सप्तरीको सुरुङ्गा नगरपालिकामा डकैती, एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • जेठ २३, २०८२
  • १५१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान जेठ २३ । सप्तरीको सुरुङ्गा नगरपालिकामा गए राति डकैतीपछिको आक्रमणमा एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। सुरुङ्गा नगरपालिका–८ स्थित स्थानीय कन्तलाल चौधरीको घरमा गए राति करिब १ बजे अपरिचित डकैती समूहले धावा बोलेको थियो। सप्तरी प्रहरीले दिएको जानकारी अनुसार लुटपाटका क्रममा प्रतिरोध गर्दा डकैत समूहले धारिलो हतियार र गोली प्रयोग गरेका थिए।

सो आक्रमणमा घरधनी ५५ वर्षीय कन्तलाल चौधरीको घटनास्थलमै मृत्यु भएको हो। उनलाई बचाउन गएका छिमेकी रामाकान्त चौधरी गम्भीर घाइते भएका छन्। हाल घाइते चौधरीको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। डकैत समूहले घरबाट करिब ५ तोला सुन, २ किलो चाँदी र नगद रकम समेत लुटेर लगेका छन्। घटनापछि डकैत समूह फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरीको मृत्यु गोली लागेर वा धारिलो हतियारको प्रहारले भएको भन्ने यकिन पुष्टि भइनसकेकोले घटनाको सूक्ष्म अनुसन्धान जारी रहेको छ। घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ। सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार यस घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरिएको छ। “डकैत समूहको खोजीका लागि सुराकी संकलन र प्राविधिक अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,” उनले भने। स्थानीयहरू डकैतीको यो घटनाले स्तब्ध बनेका छन्। रातको समयमा यस्तो सुनियोजित लुटपाट तथा हत्याले सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤