ताजा समाचार

सवारी ज्यान मुद्दामा मिलाइदिने प्रलोभनमा एक लाख सत्तरी हजार ठगी, एक पक्राउ

  • जेठ २०, २०८२
  • ९१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेठ २० । सवारी ज्यान मुद्दामा मिलाइदिने प्रलोभन देखाउँदै रु. १ लाख ७० हजार ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला सिरहा, विष्णुपुर गाउँपालिका वडा नं. १ गौरीपुर निवासी ३२ वर्षीय प्रमोद कुमार महतो पक्राउ परेका हुन्। महतोले जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं. १६ माडरकी ४८ वर्षीया रानी देवी यादवसँग सवारी ज्यान मुद्दा (मुद्दा नं. ३६६) मिलाइदिने भन्दै ठगी गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। आरोप अनुसार, मिति २०८१ साल असार २७ गते बिहान ११:०० बजे उनले रानी देवीकी छोरा विवेक यादवलाई प्रहरी हिरासतबाट छुटाइदिने आश्वासन दिँदै उक्त रकम लिएका थिए।

विवेक यादव सोही सवारी ज्यान मुद्दामा संलग्न रहेका कारण जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा रहेका थिए। महतोले आफूले मुद्दा मिलाइदिने, छुटाइदिने र प्रभावशाली व्यक्तिहरूलाई बुझाइदिने जस्ता बहानामा रकम लिएको जाहेरीमा उल्लेख गरिएको छ।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै सिरहा प्रहरीले महतोलाई मिति २०८२ साल जेठ १९ गते साँझ ६ बजे पक्राउ गरेको हो। उनलाई सम्मानित जिल्ला अदालत सिरहाबाट चार दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी बिरेन्द्र कुमार पासमानले जानकारी दिए। प्रहरीले ठगी मुद्दामा थप अनुसन्धान जारी रहेको जनाउँदै, पीडितले न्याय पाउने सुनिश्चितता दिलाउने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤