कृष्णनगरको बसपार्कमा यात्री हरूका लागि निशुल्क खानेपानी

  • जेठ १९, २०८२
  • ६७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर ,कपिलवस्तु जेठ १९ कपिलवस्तु जिल्लाको कृष्णनगरको बसपार्कमा वडा कार्यालयको सहयोगमा तथा इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरीको समान्वयमा यात्री हरूका लागि निशुल्क खानेपानीको व्यवस्था गरिएको छ। आज एक कार्यक्रमका बिच भारत बाट आउने श्रद्धालु तथा यात्री हरू लाई तराई मधेशमा चर्को गर्मी बढेकाले निशुल्क खानेपानीको व्यवस्थापन गरिएको जानकारी वडाध्यक्ष कृष्ण कुमार गुप्ताले दिए। कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक ईश्वर लौडारीले मानवता नै सबै भन्दा ठूलो सेवा रहेकाले यात्री हरुलाई सहजताका लागि वडाध्यक्ष संग पहल गरेको बताउदै नेपाल प्रहरीको नागरिक सहायता कक्ष समेत राखिएकाले यात्री हरूलाई सहज हुने बताए।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले निशुल्क खानेपानी वितरण कार्य सराहनीय रहेको बताउदै आफूहरू बाट हुने सहयोग गर्ने बताए। निशुल्क खानेपानी उद्घाटन कार्यक्रममा वडा सदस्य नारायण कनोडिया, राहुल मोदनवाल, रेनु शर्मा, वडा सचिव जगदीश प्रसाद यादव, गणेश प्रसाद चौधरी समाजसेवी पप्पू खान, शेखर बर्मा लगायत अन्यको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१