Siraha Times
ताजा समाचार

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

  • जेठ ९, २०८२
  • ९४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ९ जेष्ठ। सहकारी क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायबारे छलफल गर्न आयोजित "सहकारीको समसामयिक समस्या तथा समाधान सम्बन्धी अन्तक्रिया कार्यक्रम" आज वीरगञ्जस्थित गृह लक्ष्मी साकोसको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना को-अपरेटिभ म्यानेजर्स क्लब, पर्साले गरेको हो। कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कृन) का अध्यक्ष तथा प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले दीप प्रज्वलन गरेर गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता क्लबका सभापति रवि भुषण श्रीवास्तवले गर्नुभएको थियो।

विशिष्ट अतिथिका रूपमा क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल तथा निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालन क्लबका सचिव प्रदीप कुमार लोहारले गर्नुभएको थियो। कार्यक्रममा क्लबका सञ्चालक समिति र विभिन्न संघसंस्था बाट ४० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलमा सहकारी क्षेत्रको वर्तमान समस्याहरू, नीति निर्माण, पारदर्शिता, र व्यवस्थापन सुधारका उपायहरूबारे गम्भीर बहस भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१