Siraha Times
ताजा समाचार

सिरहामा लागुऔषध गाँजासहित तीन जना पक्राउ, ३१ किलोभन्दा बढी गाँजा बरामद

  • जेठ ५, २०८२
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेठ ५ । सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ०१, देविपुरमा सञ्चालित 'शिद्धीक्षा पशुपालन तथा कृषी फर्म' बाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले गोप्य सूचनाको आधारमा मिति २०८२ साल जेठ ४ गते राति सवा ११ बजे फार्ममा छापा मारेको थियो। प्रहरी निरीक्षक आकाश उप्रेतीको कमाण्डमा खटिएको टोलीले स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा फार्ममा तलासी गर्दा दुई वटा प्लास्टिकको बोरामा लुकाई राखिएको अवस्थामा जम्मा ३१ किलो ८२० ग्राम गाँजा बरामद गरेको छ।

1 11

प्रहरीका अनुसार एउटा बोरामा १७.१५७ किलोग्राम र अर्को बोरामा १४.६६३ किलोग्राम गाँजा राखिएको थियो। साथै, घटनास्थलबाट गाँजा प्याक गर्न प्रयोग गरिने सिलाउने मेसिन १ थान र ४ थान मोबाइल सेट समेत बरामद गरिएको छ। यस घटनासँग सम्बन्धित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा:

१. फार्म संचालक संजय दास, उमेर ३५ वर्ष, वि.न.पा. नरहा–०१, सिरहा। २. रामशरण दास, उमेर ३१ वर्ष, वि.न.पा. नरहा–०१, सिरहा। ३. धिरज महतो, उमेर २० वर्ष, स्थायी ठेगाना कलैया उपमहानगरपालिका–०४, बारा र हाल नरहा–०१ मा संजय दासको गाडी चालकको रूपमा कार्यरत। पक्राउ परेका तीनै जनालाई लागुऔषध कारोबार ऐनअन्तर्गत सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सुरक्षा स्रोतका अनुसार उक्त फार्मको नामको आडमा लागुऔषधको कारोबार भइरहेको आशंकामा थप अनुसन्धान गरिँदैछ। प्रहरीले गाँजा आपूर्ति र वितरणसँग संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य पनि तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

रामनगरमा निःशुल्क पश ...

ओम प्रकाश यादव लहान असार १६। सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगरमा आर्थिक वर्ष २०८२/०८३ को ...

दक्ष जनशक्ति उत्पादन ...

कपिलवस्तु, असार १५ । वि.सं. २०५४ मा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठान, बाणगंगा–२ पिपराले ...

जिम्मेवार पत्रकारिता ...

रहमुल, लहान, १५ असार । जिम्मेवार, विश्वसनीय र मर्यादित पत्रकारिताको आधार पत्रकार आचारसंहिताको पालना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१