ताजा समाचार

पत्रकारको नाममा भइरहेको अबैध र अनैतिक क्रियाकलापप्रति महासंघ सिरहा शाखाको आपत्ति

  • जेठ ४, २०८२
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ ४ ।  नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकारको नाममा बढ्दै गइरहेको अवैध र अनैतिक क्रियाकलापप्रति गम्भीर आपत्ति जनाएको छ। शाखाका अध्यक्ष मनोज बनैताले आइतबार  एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन महासंघ प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा उल्लेख भए अनुसार हाल सिराहा जिल्लामा केही गैरपत्रकार व्यक्तिहरूले आफू पत्रकार भएको भन्दै सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय तह, व्यापारिक संस्था, होटल, लज, प्रहरी चौकी लगायतका स्थानहरूमा गएर धाकधम्की दिने, पैसाको बार्गेनिङ गर्ने, र जबरजस्ती पत्रकार सम्मेलन गराई रकम असुली गर्नेजस्ता कार्यहरू भइरहेको गुनासो प्राप्त भएको छ। ‘आफू नेपाल पत्रकार महासंघसँग आबद्ध रहेको झूठो दाबी गर्दै, महासंघका कार्यसमिति सदस्यहरू आफ्नो दाइ, काका वा मामा भएको बताई सामाजिक भ्रम फैलाउने काम गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जुन अत्यन्त निन्दनीय र गैरकानुनी कार्य हो।

महासंघले यस्ता प्रकारका क्रियाकलापले पत्रकारिता क्षेत्रको मर्यादा, विश्वसनीयता र नैतिकताको गम्भीर उल्लंघन गर्दै आम नागरिकमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै सरोकारवालाहरूलाई सचेत रहन आग्रह गरेको छ। पत्रकारको नाम दुरुपयोग गरेर अवैध कार्यमा संलग्न व्यक्तिहरू फेला परेमा वा यस्ता गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल पत्रकार महासंघ सिरहा शाखालाई जानकारी गराउन महासंघले आग्रह समेत गरेको छ। महासंघले प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता र पेसागत मर्यादाको रक्षा गर्न सबै पत्रकार, सञ्चारकर्मी, र नागरिक समाजलाई एकजुट भएर यस्ता तत्वहरूको भण्डाफोर गर्न पनि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤