Siraha Times
ताजा समाचार

राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२५ लहानमा प्रभातफेरीसहित सम्पन्न

  • वैशाख १९, २०८२
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, बैशाख १९ । “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने मूल नाराका साथ राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२५ को अवसरमा लहानमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा शुक्रबार बिहान ६:३० बजे पशुप‌ती आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न भाग परिक्रमा गर्दै सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरी थिए। विशिष्ट अतिथिको रूपमा क्यान कम्प्युटर सिरहाका अध्यक्ष नन्दकिशोर गुप्ता, ल्यन्स क्लबका शंकर प्रसाद गुप्ता, पत्रकार जीवछ उदासी, प्रदीप गुप्ता, क्यानका सचिव सञ्जय शर्मा लगायत सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले सूचना तथा संचार प्रविधिको विकासले देशको आर्थिक र सामाजिक रुपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरे। उनले लहान नगरपालिकाले डिजिटल प्रविधिको प्रभावकारी उपयोगलाई प्राथमिकता दिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

क्यान कम्प्युटरका अध्यक्ष नन्दकिशोर गुप्ताले प्रविधिको तीव्र विकास, विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) को युगसँगै विश्वमा नयाँ सम्भावनाहरू उदाएका बताउँदै नेपालमा समेत सूचना प्रविधिको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए। त्यसैगरी ल्यन्स क्लबका प्रतिनिधि शंकर प्रसाद गुप्ता, पत्रकार जीवछ उदासी, प्रदीप गुप्ता लगायत वक्ताहरूले प्रविधिको विकाससँगै देखिएका अवसर र चुनौतीहरूबारे आफ्ना धारणा राख्दै प्रविधि अभिमुखीकरण स्थानीय तहदेखि संघीय तहसम्म आवश्यक रहेको विचार प्रस्तुत गरे।

कार्यक्रममा लहान नगरपालिकाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, स्थानीय पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू गरी सयौंको संख्यामा सहभागिता रहेको थियो। सहभागीहरूले प्रभातफेरी गर्दै “डिजिटल नेपाल” को अवधारणालाई आम नागरिकस्तरसम्म पुर्‍याउने उद्देश्य राखेका थिए। क्यान महासंघ जिल्ला शाखा सिरहाका अध्यक्ष नन्दकिशोर गुप्ताले कार्यक्रमले राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको महत्व जनसमुदायमा फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसै अवसरमा देशभर विभिन्न सचेतनामूलक कार्यक्रम, प्रविधि प्रदर्शनी र छलफल कार्यक्रमहरूसँगै राष्ट्रिय सूचना तथा संचार प्रविधि सप्ताह मनाइँदैछ।

 

प्रतिक्रिया दिनुहोस

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

पति हिंसा, गरिबी र अ ...

रहमुल, लहान, २९ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ सरहानचियाकी देवकुमारी यादवको जीवनक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१