Siraha Times
ताजा समाचार

शालोम सेकेन्ड्री स्कूलका प्रिन्सिपल दिलिप पडित पर्सा प्रहरीद्धारा पक्राउ

  • वैशाख १७, २०८२
  • २०२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १७ बैशाख । वीरगंज महानगरपालिका वडा नं. १६ गहवा रेल्वेरोडमा अवस्थित शालोम सेकेन्ड्री स्कूल +२ का प्रिन्सिपल तथा शेयरदार दिलिप कुमार पडितलाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका वडा नं. ३ टोल नगरदाहा निवासी पडितले शालोम सेकेन्ड्रीमा लगानी गरेका शेयरदार टेकचन्द्र साहलाई भुक्तानी गर्नुपर्ने सात लाख रुपैयाको चेक २०८१÷१२÷३१ गतेको मितिमा दिएका थिए । मञ्जुश्री फाईनान्स लिमिटेड वीरगंजको नामले रहेको सो चेक पटक–पटक बैंकमा जाँदा चेक अनुसारको मौज्दात नरहेको हुनाले सो चेक बाउन्स भएको थियो ।

पिडित टेकचन्द्र साहको जाहेरीको आधारमा पर्सा प्रहरीले पडितलाई पक्राउ गरी बैंकिङ्ग कसुर मुद्दामा सम्मानित जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । प्रारुप एजुकेशन फाउन्डेसन प्रा.लि. घण्टाघर पानगल्ली वीरगंजका सञ्चालक समेत रहेका पडितले हरिखेतान बहुमुखी क्याम्पस वीरगंज लगायतका अन्य क्याम्पसहरुमा अध्यापन गराउदै आएका छन् । शिक्षण जस्तो पवित्र पेशामा लागेका पडितले आफ्नै शेयरदार साहलाई करिब चार महिना देखि पिडा दिदै आईरहेको हुनाले बाध्य भएर न्यायको लागि प्रहरीलाई गुहारेको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१