Siraha Times
ताजा समाचार

पर्साको ठोरीमा स्विमिङपुल सहितको अत्याधुनिक होटल सञ्चालनमा आउँदै

  • वैशाख १५, २०८२
  • ७९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

Translator
 
 
 

रंजित चौरसिया,वीरगंज १५ बैशाख । पर्साको ठोरी गाँउपालिका वडा नम्बर ५ सुवर्णपुरको मकरडाडामा स्विमिङपुल सहितको आधुनिक होटल सञ्चालनमा आउने भएको छ । युवा व्यवसायी विक्रम बोम्जनको लगानीमा निर्माणाधीन ओमबी सुवर्णपुर स्विमिङपुल एन्ड होटल यही बैशाख १९ गते शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने बताइएको छ । उक्त होटलमा स्विमिङपुल, बार, रमणीय दृश्यसहितको रेस्टुरेन्ट, विशेष अवसरमा गीत–संगीतलगायतका मनोरञ्जनात्मक सुविधाहरू उपलब्ध हुनेछन् ।सर्वसुलभ शुल्कमा विलासी अनुभव प्रदान गर्ने लक्ष्य रहेको होटलका सञ्चालक बोम्जनले बताए ।  

बोम्जनका अनुसार, होटल नजिकैका क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यहरू अवस्थित छन् । पर्सा राष्ट्रिय निकुञ्जमा जिप र हात्ती सफारी प्रमुख आकर्षण हुन् । आरामदायी बसाइ, वन्यजन्तु अवलोकन र मनोरञ्जनात्मक गतिविधिका लागि होटल उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको बोम्जनले बताए। सञ्चालनमा आउन लागेको उक्त होटलको ५ किलोमिटर पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिण–पश्चिम भारतमा वाल्मीकि टाइगर रिजर्भ र १ किलोमिटर उत्तरमा पर्सा राष्ट्रिय निकुञ्जको गडुवा पोस्ट रहेको छ।

उक्त क्षेत्र चारकोशे झाडीको नामले प्रसिद्ध छ, जहाँ हात्ती, बाघ र नेपालमा मात्र पाइने दुर्लभ चराहरू अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्य, वन्यजन्तु अवलोकन र आधुनिक सुविधायुक्त होटलको सञ्चालनले ठोरी क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा थप आकर्षक बन्ने विश्वास गरिएको छ । सञ्चालक बोम्जनले भने, “हामी पर्यटकलाई किफायती मूल्यमा उत्कृष्ट अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ ।“ यो होटलले स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१