हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

  • वैशाख १३, २०८२
  • ६३२ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

दोहा , कतार :- नयाँ वर्ष २०८२ को सुखद अवसरमा हेल्प मधेशी कतारले एक कार्यक्रमको आयोजना गरि शुभकामना अदान प्रदान सप्पन्न गरेका छन।

शुक्रबार कतारको अल दोसरी पार्कामा आयोजित नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा वनभोज जुरशितल तथा संस्कृतीक कार्यक्रमको आयोजना गरि एक आपसमा शुभकामना अदान प्रदान गरि मनाएको हो।


संस्थाको अध्यक्ष रमेश यादवको सभापतित्व तथा कतारका लागि नेपाली राजदुत महामहिम रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यतामामा सप्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले खाडी मुलुकमा रहेर पनि आफ्नो परम्परा, संस्कृती, अनुरुप गरिएको कार्यक्रमलाई प्रसंशा गर्दै सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाको प्रमुख तथा प्रतिनिधि , कालाकार , पत्रकार संस्था भुतपुर्व अध्यक्ष रामकल्याण महतो, रामकुमार यादव सहित अन्य व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा संस्थको संस्थाका सल्लाहकार अरुण कुमार यादवले सहजीकरण गरेका थिए भने प्रथम उपाध्यक्ष जय किशोर मण्डलले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष रमेश यादवले यस कार्यक्रमलाई सफल बनाउन विभिन्न तह तप्काबाट सहयोग गर्नु हुने तथा निम्तोलाई स्विकार्दै कार्यक्रममा उपस्थित सबैमा नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१