यातायात कार्यालय वीरगंजमा ड्राईभर शम्भु गुरुङ्गको ईन्ट्री, कर्मचारीहरु पिडामा, भ्रष्टाचार बढने संकेत

  • चैत १९, २०८१
  • १५६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १९ चैत्र। यातायात व्यवस्था कार्यालय वीरगंजमा (हल्का सवारी चालक) ड्राईभर पद करारमा नियुक्त भएका शम्भु गुरुङ्गले तत्कालिन कार्यालय प्रमुख कमल गौतम हुँदा कार्यालयलाई बदनाम गर्दै आएका थिए । कुनै पनि कर्मचारीलाई करारमा नियुक्त गर्दा तीन वा छ महिना सम्म अवधि थप्ने नियम भए तापनि गौतमको विश्वासपात्र भएका कारण उनी गुरुङ्गलाई एक वर्ष सम्मको अवधि थपेर गए ।

गुरुङ्ग सानो तहका कर्मचारी भए पनि कार्यालयका खरिदार, सुब्बा, अधिकृत लगायतकालाई धाकधम्की दिदै मानमर्दन गर्दै आफु अनुकुल काम गराउदै कार्यालयलाई भ्रष्टाचारको आखडा बनाउदै सफल हुदै आएका थिए । तत्कालिन प्रमुख गौतम र ड्राईभर गुरुङ्गको यथार्थ कुरा श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशलाई अवगत भए पछि मन्त्री कौशल किशोर राय यादवले अडान लिएर नयाँ कार्यालय प्रमुखमा धर्मेन्द्रलाल कर्णलाई पठाएका थिए र गुरुङ्गलाई २०८१÷७÷११ गते देखि मन्त्रालयमा हाजिर हुने गरि तानेका थिए ।

गुरुङ्ग मन्त्रालयमा तानिए पनि गौतमलाई वीरगंजमा ल्याउन र धर्मेन्द्रलाल कर्णलाई असफल पार्न भरमग्दुर प्रयास गर्दै आईरहेका थिए । गुरुङ्गको षड्यन्त्र मन्त्रालयलाई थाहा भए पछि मन्त्रालयले हल्का सवारी चालक शम्भु गुरुङ्ग मन्त्रालयमा नियमित्त बस्ने नगरेको, बिना बिदा सम्पर्क बिहिन रहेको भन्दै गुरुङ्गलाई आवश्यक कारवाही गरी मन्त्रालयलाई जानकारी गराउन मन्त्रालयले यातायात व्यवस्था कार्यालय वीरगंजलाई पत्र पठाएको स्रोतले जनाएको छ ।

निवर्तमान प्रमुख धर्मेन्द्रलाल कर्णले मन्त्रालयकै निर्देशन अनुसार ड्राईभर गुरुङ्गलाई हाजिर गराई कारवाहीको प्रक्रिया अगाडि बढाउन खोज्दा मन्त्रालय भित्रै षड्यन्त्र सुरु भई मन्त्रालयले हालको लागि गौतमलाई पठाउन नसके पनि नयाँ कार्यालय प्रमुखमा कुशेश्वर साहलाई पठाएको स्रोतले जनाएको छ ।

बागमती प्रदेश चितवन जिल्ला निवासी ड्राईभर शम्भु गुरुङ्गलाई आवश्यक कारवाहीको लागि मन्त्रालयले पठाएको पत्र अनुसार नयाँ प्रमुख कुशेश्वर साहले गर्ने हुन कि ? यातायातका गुरुङ्गबाट पिडित कर्मचारीहरुले हेर र पर्खको विषय बनाएका छन् । गुरुङ्गले तत्कालिन कार्यालय प्रमुख उमेश रेग्मी विरुद्ध षड्यन्त्र गरे, त्यसैगरी निवर्तमान प्रमुख कर्ण विरुद्ध षड्यन्त्र गरे अब पालो कुशेश्वर साह विरुद्ध हुने स्रोतको कथन रहेको छ । गुरुङ्गको अन्तिम लक्ष्य भ्रष्ट प्रवृतिका कमल गौतमलाई ल्याई आफु अनुकुल मौजमस्ती गर्ने स्रोतको भनाई रहेको छ ।

नयाँ प्रमुख साहलाई विश्वासमा लिएर गल्ती गर्न लगाउने र आफु अनुकुल काम नभए षड्यन्त्र गरी फँसाउने अन्नतः कमल गौतमलाई नै वीरगंज यातायात कार्यालयमा ईन्ट्री गराउने गुरुङ्गको योजना रहेको स्रोतले जनाएको छ । मधेश प्रदेश सरकारले वीरगंज यातायात कार्यालयमा सेवाग्रहीहरुलाई सुशासनको अनुभुति दिलाउने हो भने गुरुङ्ग जस्ता भ्रष्ट प्रवृतिका कर्मचारीलाई हटाउनै पर्ने र कमल जस्ता भ्रष्ट प्रवृतिका कर्मचारीलाई वीरगंज यातायातमा ईन्ट्री नहुनु पर्ने सेवाग्रहीहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा–२ मा समग्र विक ...

लहान माघ २४ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा समग्र विकास, सामाजिक न्याय तथा समृद्धिको एजे ...

ज्येष्ठको आशिर्वाद ल ...

लहान माघ २४ । सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प ...

लहानमा मा.वि.स्तरीय ...

लहान, माघ २४ । लहान नगरपालिकामा आयोजित मा.वि.स्तरीय क्रिकेट प्रतियोगिता (सिजन–१) उत्साहजनक सहभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१