लहानमा ८४ सटरको व्यापारिक हाट बजार भवन निर्माण सुरु

  • चैत ११, २०८१
  • ६३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत ११ । लहान नगरपालिका वडा न.५ मा व्यापारिक हाट बजार भवन निर्माण कार्य सुरु भएको छ। नगरको व्यापारिक पूर्वाधार विस्तारको लक्ष्यसहित लहान नगरपालिकाले ८४ वटा सटर निर्माण गर्न लागेको हो। नगर प्रमुख महेश प्रसाद चौधरीले एक विशेष कार्यक्रमबीच निर्माण कार्यको उद्घाटन गरेका छन्।

नगरपालिकाका अनुसार "हाट बजार भवन निर्माण कार्य" शीर्षकमा सञ्चालन हुने उक्त परियोजनाको ठेक्का एम/एस बाबा निर्माण सेवा ले पाएको छ। कुल ठेक्का रकम रु. २ करोड २९ लाख ७४ हजार पाँच सय २० पैसा (बिना भ्याट) रहेको छ। २०८१ साल फागुन ६ गते ठेक्का सम्झौता भई, २०८३ साल असार २० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने समयसीमा तोकिएको छ। 

हाट बजार निर्माणको उद्घाटन कार्यक्रममा बोल्दै मेयर महेश चौधरीले लहानको गुदरी बजार, माछा बजार, बकरी बजार, मासु पसल लगायतका व्यापारलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले नगरपालिकाले व्यवसायीहरूको समस्या समाधान गर्दै स्थानीय आर्थिक समृद्धि बढाउने लक्ष्य लिएको बताए। नगर प्रमुख चौधरीले व्यवस्थित व्यापारिक पूर्वाधार निर्माणले बजार क्षेत्रलाई सफा, सुरक्षित र व्यवस्थित बनाउने बताए। "यस योजनाले नगरभित्रका व्यापारीलाई सुविधाजनक व्यापारिक वातावरण प्रदान गर्नेछ," उनले भने। 

लहान उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारदाले कुनै पनि ठूला विकास आयोजनामा प्रारम्भिक विवाद हुन सक्ने उल्लेख गर्दै, हाट बजार निर्माणबारे अहिले कुनै विवाद नरहेको बताए। उनले नगरपालिकाले व्यापार प्रवर्द्धन गर्ने योजना ल्याएकोमा खुशी व्यक्त गर्दै व्यापारीहरूको सहकार्य आवश्यक रहेको धारणा राखे। पूर्व वडा अध्यक्ष अरुण केशिले व्यवस्थित बजार निर्माण कार्यले स्थानीय व्यापारीलाई प्रत्यक्ष फाइदा पुग्ने बताए। "नयाँ संरचनाले व्यवस्थित व्यापारिक वातावरण सिर्जना गर्नेछ, जसले स्थानीय व्यवसायको प्रवर्द्धनमा योगदान पुग्नेछ," उनले भने। 

वडा अध्यक्ष अब्दुल कलामका अनुसार पुराना टहरा भत्काएर नयाँ सटर निर्माण गरिनेछ। स्थानीय व्यापारीहरूलाई उचित भाडा प्रणाली को आधारमा व्यवस्थित रूपमा स्थानान्तरण गरिने जानकारी दिए। "यो परियोजना सफलतापूर्वक सम्पन्न भएमा नगरपालिकाको राजस्व वृद्धि हुने मात्र नभई व्यापारमैत्री वातावरण पनि सिर्जना हुनेछ," वडा अध्यक्ष कलामले भने। 

स्थानीय व्यवसायीहरूले व्यवस्थित बजार निर्माणको पहललाई स्वागत गरेका छन्। उनीहरूले यस योजनाले नगरलाई व्यवस्थित व्यापारिक केन्द्रका रूपमा विकास गर्न योगदान दिने विश्वास व्यक्त गरेका छन्। नगरपालिकाले व्यापारिक पूर्वाधार सुधार गर्दै स्थानीय आर्थिक समृद्धि बढाउने रणनीति अनुरूप हाट बजार निर्माण अघि बढाएको हो। आगामी दिनमा यो परियोजनाले लहानको व्यापारिक गतिविधि थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

जसपा नेपाल मधेश प्रद ...

जनकपुरधा, २६ असोज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाइएको छ ।&nbs ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१