Siraha Times
ताजा समाचार

एसईई परिक्षालाई मर्यादित बनाउन प्रहरी प्रमुख खतिवडाको टोलि अनुगमन गर्दै

  • चैत १०, २०८१
  • १११२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन (सप्तरी ) : १० चैत्र : उमेश कुमार साह बोदे बर्साईन । सप्तरीमा एसईई परीक्षामा तेस्रो दिन गणित विषयको परीक्षा जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाको नेतृत्वमा खटिएको टोलिले आइतबार परीक्षा केन्द्रहरुको अनुगमन गरेको छ ।

एसईई परिक्षालाई मर्यादित बनाउन निरंतरता दिन जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मूल अनुगमन समिति रहेको छ। १३ उप अनुगमन समिति गरी १४ वटा अनुगमन समितिले जिल्लाभरका परिक्षा केन्द्रहरुमा अनुगमन गरिरहेको छ।

अनुगमनका क्रममा परीक्षा केन्द्रमा पुगेर प्रहरी प्रमुख खतिवडाले परीक्षाको तयारी, व्यवस्थापन लगायतका बारेमा जानकारी लिनुभएको थियो । यस्तै परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन संम्बिन्धित विद्यालय तथा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई आग्रह गरेका छन ।

अनुगमनमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । जिल्लाको डाक्नेश्वरी नगरपालिकाको बनौला मा बि , बोदे बर्साईन नगरपालिकाको श्री ५ महेन्द्र चुनी मा. बि मानराजा , श्री चन्द्रा नमुना माध्यमिक बिधालय बोदे बर्साईन र बलान बिहुल गाउँपालिका स्थित सेहरा मा. बि मा संयुक्त टिमले पनि अनुगमन गरेको छ ।

परीक्षा मर्यादित, सुरक्षित र व्यवस्थित रुपमा संञ्चालनमा रहेको उहाँले बताउनु भयो । जिल्लाका अन्य स्थानीय तहका परीक्षाकेन्द्रहरुमा पनि सम्बन्धीत पालिकाका शिक्षा शाखा संयोजकहरुले अनुगमन निरीक्षण गरेको बताएका छन । चैत १९ गतेसम्म चल्ने एसइई परीक्षामा यो वर्ष सप्तरीबाट कुल ८ हजार ७ सय १५ विद्यार्थी सहभागी भएका छन् ।

सोही अनुगमनको क्रममा प्रहरी प्रमुख खतिवडाले परीक्षालाई स्वच्छ,निस्पक्ष तथा मर्यादित बनाउनका लागि प्रवेश पत्र बाहेक मोबाईल,किताब,गाईड लगायत चिट चोरीका लागि बिधार्थीले प्रयोग गर्ने सबै प्रकारका समाग्रीहरु पूर्ण रुपमा निषेध गरिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१