Siraha Times
ताजा समाचार

कपिलवस्तुको कृष्णानगरमा १५ लाख रुपैयाँ बराबरको चुरोट बरामद

  • चैत ५, २०८१
  • ८१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तु चैत ५ । कपिलवस्तुको कृष्णानगरबाट भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलले बरामद गरेको छ। सशस्त्र प्रहरी बलको टोलीले कृष्णनगर नगरपालिका–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट सो चुरोट फेला पारेको हो।

सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले उक्त बसबाट रिचमण्ड ब्रान्डका तीन हजार प्याकेट, म्यानचेस्टर ब्रान्डका एक हजार प्याकेट र एल एण्ड बी ब्रान्डका एक हजार प्याकेट चुरोट बरामद गरेको जनाएको छ।

प्रहरी स्रोतका अनुसार पश्चिमाञ्चल यातायातको बसबाट काठमाडौँतर्फ तस्करी गरिएका सामग्रीहरू प्रायः भेटिने गरेका छन्। यसअघि पनि कपडा, चिनी, गाडीको पार्ट्सलगायतका तस्करीका सामानहरू ड्राइभर र सहचालकको मिलेमतोमा ल्याइने गरेको खुलासा भएको थियो। प्रहरीका अनुसार यी सामानहरू कृष्णनगरबाट भारतको बढनी बजार नजिकैबाट ल्याइने र काठमाडौं पुर्याइने गरिएको छ।

सशस्त्र प्रहरीले बरामद चुरोट आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइसकेको छ। यस प्रकरणमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक अनुसन्धान अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१