Siraha Times
ताजा समाचार

विद्युत प्राधिकरणको लापरवाहीले २७ वर्षीय युवकको ज्यान गयो, पाँच वर्षीय छोरी अनाथ

  • चैत २, २०८१
  • ७४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, सिराहा, चैत्र २ । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण सिराहा जिल्लाको धनगढीमाई नगरपालिका-१३, ढुंगाना टोलमा करेन्ट लागेर २७ वर्षीय हेम खडकाको मृत्यु भएको छ । खड्काको घर अगाडिबाट गएको ११ हजार भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा उनको घटनास्थलमै ज्यान गएको हो । स्थानीयका अनुसार पूर्व-पश्चिम राजमार्गको जिरोमाईल चौकबाट करिब तीन किलोमिटर उत्तरतर्फ रहेको खड्काको घर अगाडि तार चुँडिएको थियो ।

उक्त घटनामा परेका खड्का चिच्याउँदै लडे पनि तत्काल उद्दार हुन सकेन । नेपाल विद्युत प्राधिकरण लाहानले लामो समयसम्म लाइन नकटाएका कारण उनलाई बचाउन सकिएन । घटनास्थलमा सूचना प्राप्त भएको करिब १८ मिनेटपछि इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीका प्रहरी पुगे पनि लाहानबाट थप प्रहरी टोली पुग्न दुई घण्टा लागेको थियो । प्रहरी पुगेपछि चार घण्टाको अनुसन्धानपछि मात्र नेपाल विद्युत प्राधिकरण लाहान शाखाका प्रतिनिधि घटनास्थलमा आएका थिए ।

राति २:१८ बजे मात्र शवलाई पोस्टमार्टमका लागि लाहान अस्पताल लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मृतक हेम खड्का ट्यांकर चालक थिए । केही वर्षअघि श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनी पाँच वर्षीय छोरीको अभिभावक बनेर जीवनयापन गरिरहेका थिए । उनको असामयिक निधनपछि छोरी अनाथ बनेकी छिन । नेपाल विद्युत प्राधिकरण लाहान शाखाले ११ हजार भोल्टेज प्रसारण लाइनमा कमसल तार प्रयोग गरेको स्थानीयको आरोप छ ।

यसअघि पनि पटक-पटक तार चुँडिएर साना दुर्घटना भएका थिए, तर प्राधिकरणले त्यसलाई बेवास्ता गरेको गुनासो छ । स्थानीय बासिन्दाले ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको र हतारमा तार तान्दा यस्ता दुर्घटना दोहोरिएको आरोप लगाएका छन् । उनीहरूले विद्युत प्राधिकरणलाई तत्काल प्रभावकारी उपाय अपनाउन माग गरेका छन्, ताकि यस्ता घटनाले फेरि कसैको ज्यान नलियोस् ।

प्रतिक्रिया दिनुहोस

“अब सेवा प्रवाह अझ प ...

रहमुल, लहान, ३१ वैशाख । सिरहाको लहान नगरपालिका–९ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन सम्पन ...

अर्नमा गाउँपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ३१। सिरहाको अर्नमा गाउँपालिका ले ग्रामीण सडक पूर्वाधार सुदृढीकरण अन्तर्गत ...

सीमावर्ती गाउँको विद ...

ओम प्रकाश यादव लहान, वैशाख ३०। सप्तरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र तथा नेपाल–भारत दसगज्ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१