४९ औ बार्षिक उत्सव मनायो भाटिन अधारभुत विद्यालय

  • चैत २, २०८१
  • ३६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल सप्तरी २ चैत्र । सप्तरीको बोदेबर्साइन न.पा.५को आधारभुत बिधालय भाटिनले ४९औं बार्षिक उत्सव गएको ११ फागुनमा भव्य रूपमा मनाएका छन। कार्यक्रमको अध्यक्षता वि.ब्य स.का अध्यक्ष योगनरायण यादवको रहेको थियो भने प्रमुख अतिथिको रूपमा मधेस प्रदेश सभा सदस्य माननीय अनरूद्र‌ प्रसाद यादवको रहेको थियो । 

कार्यक्रममा विशिष्ट अतिथिहरु न.पा. उप प्रमुख रेखा कुमारी साह, शिक्षा तथा खेलकुद‌ शाखा प्रमुख रामसागर यादव, मैथली भाषा विज्ञ डा० सूर्य नरायण यादव लगायत सुचना अधिकारी इमामुल हक र पत्रकार उमेश साह सहित विभिन्न विशिष्ट ब्यक्तिहरु, अभिभावक जनप्रतिनिधि, शिक्षक तथा अन्य संचारकर्मिहरु अतिथिको रुपमा रहेका थिए । कार्यकमका दौरान प्र०अ० जमिला खातुनको प्रशन्सा गर्दै विभिन्न बक्ताहरुले गुणस्तर शिक्षा सम्बन्धि महत्वपूर्ण बिषय बस्तुहरुलाई कोट्याएका थिए। हाल प्र०अ० जमिला खातुन नेतृत्वको शिक्षक टिमले कड़ा मेहनत गरी गुणस्तर शिक्षा प्रवाह गरिरहेको विद्यालयको विभिन्न गतिविधिले देखाईरहेको स्थानीय अभिभावकह‌रुले जनाए‌का छन ।

प्र.अ. खातुनले संचारकर्मिको जिज्ञासामा यस विद्यालय‌मा हाल शिक्षकको कमि छ र स्थानीय सरकारले शिक्षक आपूर्ति गरी स्रोत साधन जुटाई सह‌योग गरेमा हाम्रो शिक्षक टिम निजि विद्यालय भन्दा राम्रो उत्पादन गरी देखाई दिने दावी गरेकी छिना हुन त निवर्तमान प्र०अ० मो० कासिमले विद्यालय राम्रो बनाउन धेरै मेहेनत गरेका थिए। भौतिक संरचना लगायत सुविधा सम्पन्न विद्यालय बनाउन प्र० अ० कासिमले कुनै कसर वाँकी राखेको थिएन तर मिति २०८९ साल जेठ देखी प्र०अ० मा नियुक्त भएकी जमिला खातुन एउटी असल आमाको भुमिका निर्वाह गर्दै अभिभावको भुमिका निर्वाह गरी गुणस्तर शिक्षामा जोड़ दिइरहेको देखिन सकिन्छ। मुस्लिम समाज बाट उब्जिएको एउटी महिला उदाहरण बन्दै गैरहेकी छिन ।

मन्तव्यकै क्रममा शिक्षा तथा खेलकुद शाखा प्रमुख रामसागर यादवले केहि दिन अगाडी सरकारी विद्यालय प्रति आम‌नागरिक को हेर्ने दृष्टिकोण फरक नभएको होइन बताउदै स्थानीय सरकार गठन भए पश्चात निकै परिवर्तन भएको दावी गरे। उहाँ अगाडी थप्दै जसरी अभिभावकवर्गहरु आफना वालवालिका नानी वाबुहरूलाई निजि विद्यालयमा पठाउछन त्यरी नै विधार्थी सामुदायिक विद्यालय‌मा पठाए निजि विद्यालय भन्दा राम्रो उत्पादन दिने खालको विज्ञ शिक्षकहरुको व्यवस्था हामी मिलाई सकेको वताएका छन । 

May be an image of 12 people, people studying and text

कार्यक्रममा उप-प्रमुख साहले विद्यार्थी राम्रो बनाउन आमाको प्रमुख भुमिका रहेको वताएकी थिईन । उप-प्रमुख साह हाल समुदाय स्तरमा किशोर र युवा अत्यधिक रुपमा कुलतमा फसेर समुदाय स्तरमा विभिन्न विकृति फैलाउदै शिक्षा वाट टाढिदै छन र यसको मुख्य दोषि आमा र बुवा नै रहेको वताएकी थिईन । उहाँ अझ अगाडी थप्दै वालवालिकालाई जे काममा पनि छुट दिनु, आर्थिक अवस्थालाई कमजोर पार्नु लगायत आफ्नो संतानको हरेक गल्तीमा ढाकछोप गर्नुको कारण समाजमा शिक्षाको अबस्था कमजोर बन्दै गैरहेको समेत बताउदै जसरी अहिले सामुदायिक विद्यालय संचालन‌मा छन त्यसरी नै स्थानीय सरकार मातहत रहेका विद्यालयहरु संचालन गर्न गराउन स्थानीय सरकार अगाडी बढि रहेको जनाएकी थिइन।

May be an image of 10 people, people studying and text

प्रमुख अतिथिको रुपमा मा० अनरूद्र प्र. यादवले पहिलेको दाजो अहिले वोदेबर्साइन नगरपालिकाको विद्यालयहरू सुधार उन्मुख भैरहेकोमा आज यो सामुदायिक विद्यालय भाटीन पनि अगाडी बढिरहेको वताएका थिए। उहाँ अगाडी थप्दै प्रदेश सरकारको प्राथमिकतामा शिक्षा क्षेत्र रहेकोले सामुदायिक विद्यालय भाटीन लगायत म आफ्नो क्षेत्रका विद्यालयहरु राम्रो बनाउन प्रदेश सरकारको सहयोगमा पछि न हटने प्रतिवद्धता जनाएका थिए। कार्यक्रमलाई समापन गर्दै वि०व्य० स० अध्यक्ष योग नरायण यादवले यस विद्यालयको स्तर उन्नति • गराउन समुदाय लागी परेको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस

नयाँ नेताको खोजीमा न ...

शैलेश गुप्ता २ चैत्र । पोखरिया  पछिल्लो समय मुलुकभर नयाँ नेतृत्वको खोजी भइरहेको छ । पूराना राजन ...

महोत्तरी:बालयौन दुरु ...

महोत्तरी - महोत्तरीको लोहारपट्टी नगरपालिका ४ पिपराढी स्थित शसस्त्र प्रहरीको रेल्वे सुरक्षा वेशक ...

यस वर्ष महामुर्खको उ ...

जनकपुरधाम - मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन अन्तर्गत य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१