पर्साको अमरपट्टी नाका गन्हायो , बरिष्ठ प्रनानि मल्ल मालामाल

  • फागुन २७, २०८१
  • ६०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २७ फागुन। अहिले पर्सा जिल्लाको मुख्य तस्करीको ट्रान्जिट प्वाइन्ट र ग्रीन सिग्नल पाएको नाका अमरपट्टी, झौवा, धोरे, इटियही नाका बनेको छ । तस्करहरुले अहिले ई नाकाहरुबाट तस्करी गर्न सहज बाटो भेटेका छन् । वीरगंजको मुख्य नाकामा कडाइ भए देखि अहिले तस्करीको लागि सहज मानिएको अमरपट्टी नाका तस्करहरुले रोजेका छन् । सहरी क्षेत्रबाट तस्करी गर्ने अधिकांश तस्करहरु अहिले अमरपट्टी क्षेत्र रोजेको बताईन्छ । प्रहरी चौकी अमरपट्टीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मदन मल्लको ग्रिन सिगनल पाएपछि तस्करहरु खुसी भएको एक तस्करले नाम न छाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

प्रहरीकै मिलोमतो रहेकोले तस्करहरु मनपर्दो पारामा मोटरसाइकलमा किराना सामान, कस्मेटिक सामाग्री, काजु, कपड़ा, ट्रैक्टरबाट धान र गहुँ जस्तो वस्तु भारत बाट खुलेयाम नेपाल भित्रियाउने गरेका छन । त्यस्तै गरी कुखुराको चला, तयारी कुखुरा, हडी, ब्याट्री, ट्रक बसको इंजन र पार्टपुर्जा समेत दैनिक आयात निर्यात गर्ने गरेको समाचार स्रोतले जनाएको छ । अधिकांश प्रहरी प्रमूखहरु आउँदा तस्करीमा नियन्त्रण गर्ने वाचा गर्छन तर पर्सा जिल्लाको ग्रामिण क्षेत्रका नाकामा खटिने प्रहरीहरुले प्रहरी प्रमुखलाई झुक्याई रहेको बताईन्छ । अहिले पर्सा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक गौतम मिश्र छन् ।

उनी पर्सामा हाजिर भए पछि सिमानाकामा एकदमै कडाई गरेको बताई रहँदा पर्साको अमरपटि नाकाबाट तस्करहरुले स्थानिय प्रहरीहरु सँग सेटिङ्ग गरी चोरी तस्करी कार्यलाई प्राथमिकता दिएको स्थनीयहरु नै बताउंदछन् । ठूला–ठूला तस्करहरुले आफ्नो पहुँच र पैसाको प्रयोग गरी निडर भै तस्करी गर्ने गरेका छन । प्रहरी चौकी अमरपट्टीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मदन मल्लका विश्वास पात्र सहायक हवल्दार (घुमुवा) मुनिलाल यादव अहिले तस्कर संग ठुलो रकम नजराना बुझी मालामाल हुदै आएको स्रोतको दाबी रहेको छ ।

सो नाकाबाट हडी, कुखुराको चला, ब्याट्री, कवाडको काम गर्ने स्वरूप, छोटेलाल र सन्दीप, धान र गहुँको काम गर्ने ६ जनाको संगठनको मूख्य नाईके टुना, विवेक, उत्तम अनेकौं प्रकारको तस्करीमा संलग्न रहेका छन् । कपडाको काम धोरे र अमरपट्टीबाट सरोज, जीतपुरको, विगन, मुकेश, भोला, अखिलेश जस्ता तस्करहरुले अहिले तस्करी कार्य निर्धक्क रुपमा गरिरहेको समाचार स्रोतले जनाएको । यी सब तस्करहरुको मूख्य नाइकेको रुपमा सन्दीप र स्वरूप रहेको बताईन्छ । त्यस्तै भारतका जयप्रकाशले ब्याट्री र कवाडको नाममा महँगो वस्तुको तस्करी अमरपट्टी क्षेत्रबाट गर्ने गरेका छन् । जललुदिन र पंकजले पनि ब्याट्री र कवाडको नाममा महँगो वस्तुको तस्करी गर्दै आएका छन् ।

पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले आफ्नो क्षेत्रमा कडा निगरानी बढाएको भने पनि प्रहरी चौकी अमरपट्टीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मदन मल्लले केही रकमको लोभमा आफ्नो वर्दी र संगठनलाई बदनाम गराउनमा तल्लिन देखिएका छन् । मल्ल पर्सा जिल्लामा हाजिर भएको एक हप्ता न बित्दै प्रहरी चौकी अमरपट्टीका प्रमुख बन्न सफल भएका थिए । यस् विषयमा प्रहरी संगठनको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको स्थानिय सचेत नागरिकहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सशस्त्र प्रहरी कृष्ण ...

कृष्णनगर, चैत्र ८ कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर बा ...

औरहीमा झुठो आरोप–प्र ...

विनोद मण्डल, सिराहा, चैत्र ८– सिराहा जिल्लाको औरही गाउँपालिकामा सार्वजनिक जग्गा खाली गराउने वि ...

कृषक समूह महासंघको क ...

रहमुल लहान ७ चैत्र । सिरहा र सप्तरी जिल्लाका २० भन्दा बढी पालिका एवं प्रदेश महासंघका पदााधिकारीहरूको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१