बढ्दो लैंगिक हिंसाका घटना र अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • फागुन १४, २०८१
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान, फागुन १४ । बढ्दो लैंगिक हिंसा तथा अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) लाई लक्षित गरी सञ्चारकर्मीहरूसँगको सहकार्य र भूमिकाबारे विशेष अन्तरक्रिया कार्यक्रम गोलबजारमा सम्पन्न भएको छ। मुक्ति नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सञ्चारकर्मी, अधिकारकर्मी तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महराले लैंगिक हिंसाका घटना दिनानुदिन बढ्दै गइरहेको उल्लेख गर्दै पीडित महिलाहरूलाई न्याय दिलाउन सञ्चारमाध्यमको भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्ने बताइन्। उनले सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारहरू प्रकाशन गर्दा संवेदनशीलता अपनाउनुपर्ने, पीडितको गोपनीयता सुरक्षित गर्नुपर्ने र समाजमा सकारात्मक प्रभाव पार्ने खालका सामग्री प्रवाह गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रमकी उद्घोषिका सञ्जु कुमारी दासले महिलामाथि हुने हिंसा र विभेद न्यूनीकरणका लागि सञ्चारमाध्यमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै पत्रकारहरूलाई महिलासम्बन्धी मुद्दाहरूमा गहिरो अनुसन्धान गर्दै निष्पक्ष, सन्तुलित र तथ्यपरक रिपोर्टिङ गर्न आग्रह गरिन्।अन्तरक्रिया कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले समाजमा व्याप्त लैंगिक विभेद, हिंसाका घटनाहरू तथा कानूनी र संस्थागत सहयोगका पक्षमा गहन छलफल गरे। उनीहरूले सञ्चारमाध्यमहरूलाई लैंगिक हिंसाका घटनाहरूको सत्यतथ्य रिपोर्टिङ गर्दै जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान दिनुपर्ने धारणा राखे। साथै, हिंसाका घटनाहरू ढाकछोप गर्न खोज्ने गलत अभ्यासविरुद्ध सत्य उजागर गर्न प्रतिबद्ध रहने संकल्प व्यक्त गरे। १. सञ्चारमाध्यमको सकारात्मक र प्रभावकारी भूमिकाबारे छलफल २. लैंगिक हिंसासम्बन्धी समाचार रिपोर्टिङका चुनौतीहरू ३. पीडितको गोपनीयता र कानूनी प्रक्रिया ४.हिंसाका घटनामा सञ्चारकर्मीको ऐक्यबद्धता र पैरवी

कार्यक्रममा स्थानीय सञ्चारमाध्यमका प्रतिनिधिहरू, महिला अधिकारकर्मीहरू, सामाजिक अभियन्ताहरू तथा कानूनी परामर्शदाताहरूको सहभागिता रहेको थियो। मुक्ति नेपालले आगामी दिनहरूमा सञ्चारकर्मीहरूलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिमहरू, लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी सचेतना अभियान तथा समुदायस्तरमा सूचना प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले थप कार्यक्रमहरू गर्ने जनाएको छ। कार्यक्रमले सञ्चारकर्मीहरूलाई महिलाविरुद्धको हिंसा न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१