ईलाका प्रशासन कार्यालय लहानमा अनलाइन नागरिकता सिफारिस सेवा सुरु

  • फागुन १४, २०८१
  • ४९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, फागुन १४ । ईलाका प्रशासन कार्यालय लहानले मंगलबारदेखि अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस सेवा सुरु गरेको छ। नागरिकलाई सहज र त्रुटिरहित सेवा प्रदान गर्ने उद्देश्यले कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका ४० वटै वडा कार्यालयहरूसँग समन्वय गर्दै यो प्रविधि लागू गरेको हो।

May be an image of 4 people, hospital and text

गृह मन्त्रालयको डिजिटल प्रवर्द्धन योजनाअन्तर्गत शुरू गरिएको अनलाइन सेवा मार्फत वडा कार्यालयहरूले नागरिकताको सिफारिस प्रणालीमा आधिकारिक प्रमाणपत्रहरू एकरुपता ल्याउन सक्नेछन्। यस प्रणालीको पहिलो दिन लहान नगरपालिका-१५ की अनुसा चौधरी र लहान नगरपालिका-१ का हेम शंकर साहुले अनलाइन प्रक्रियामार्फत नागरिकता प्राप्त गरेका छन्।

अनलाइन सेवा शुरू भएपछि नागरिकता लिन आउने व्यक्तिहरूले कागजातहरू अपूर्ण भएमा ईलाका प्रशासन कार्यालयबाटै सुधार गर्न सक्नेछन्। यसले पहिलेजस्तो बारम्बार कार्यालय धाउनु पर्ने झन्झट हट्नेछ। ईलाका प्रशासन कार्यालय लहानका प्रमुखले बताए अनुसार, “यो प्रविधिले नागरिकलाई सहजरूपमा सेवा उपलब्ध गराउन मद्दत गर्दछ। नागरिकता प्रक्रियामा हुने ढिलासुस्ती तथा कागजात सम्बन्धी समस्याहरू अब अनलाइनमै समाधान गर्न सकिन्छ। आगामी दिनहरूमा, सेवाग्राहीलाई कागज लिएर कार्यालय धाउनु पर्ने झन्झट पूर्णरूपमा हटाउने लक्ष्य राखिएको छ।”

अब वडामा आवश्यक कागजातहरू अनलाइन प्रविष्ट गरेपछि सेवाग्राहीहरू ईलाका प्रशासन कार्यालय पुग्दा प्रत्यक्ष नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्। यस नयाँ प्रविधिले वडाबाटै सम्पूर्ण प्रक्रिया पूरा गरेर नागरिकतालाई छिटो र विश्वसनीय बनाउने लक्ष्य राखेको छ। अब नागरिकता लिन आउने व्यक्तिहरूले एक पटक मात्र कार्यालय पुगेर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्, जसले समय र श्रमको बचत गर्नेछ।

स्थानीय तहका अधिकारीहरूले यो प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिइरहेका छन्। यदि कुनै नागरिकको कागजात अपूर्ण भएमा अनलाइन प्रणालीमा सुधार गरी पठाइनेछ, जसले गर्दा सेवाग्राहीलाई पुनः वडा कार्यालय धाउन नपरोस्। नागरिकता सम्बन्धी पुरानो झन्झटिलो प्रक्रियाको तुलनामा अनलाइन प्रणाली सरल, सहज, र आधुनिक सेवा प्रवाहको महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१