Siraha Times
ताजा समाचार

विजयनगर ३ मा खानेपानी तथा सरसफाई सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • फागुन १२, २०८१
  • ९२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी (गोडुवाजोत) फागुन १२ ।  कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ जगदीशपुरमा वडा स्तरीय खानेपानी तथा सरसफाई सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, प्रधानाध्यापक, प्रहरी, समाजसेवी, समाजका अगुवा लगायत सराेकारवालासँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको हाे ।

गाउँपालिका वास संयाेजक अर्जुन बेल्बासेले गाउँपालिकाले लागू गरेकाे सचेत परिवार परिचय-पत्रलाई कार्यान्वयनलाई निरन्तरता दिएको बताए । उनले त्यसमा उल्लेख गरिएका ७ बुँदे प्रतिबद्धतालाई पूरा गरेकाे र नगरेकाे व्यक्तिलाई निगरानीमा राखेकाे बताउँदै सचेत परिवार परिचय-पत्र अनुसार ती बुुँदाहरु कार्यान्वयन नभएकाे पाइएमा कारवाहीकाे प्रक्रियालाई अगाडी बढाउने बताए ।

वास संयाेजक बेल्बासेका अनुसार वडाभित्र १ हजार ९९ घरधुरी रहेका छन् । जसमध्ये ८ सय २८ घरमा शाैचालय भएकाे र १ सय ७१ घरमा शाैचाललय नभएको तथ्यांकमा पाइएको छ । यस्तै १ सय ५० बढी ठाउँमा सडक तथा नाली अवराेध गरेकाे तथ्यांक प्रस्तुत गरिएको थियोे ।

३ का वडा हृदय विकास चाैधरीले सरसफाईमा निरन्तरता दिएकाे बताएका छन् । उनले अटेरी गर्नेलाई कारवाही गर्नुपर्ने बताए । उनले पहिला भन्दा अहिले धेरै सुधार आएकाे बताउँदै सरसफाईमा ध्यान नदिने, फाेहाेर गर्ने, अटेरी गर्ने, बाटाे अवराेध गर्ने व्यक्तिलाई वडाले निगरानीमा राख्दै अगाडी बढ्ने बताए भएको हो ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१