Siraha Times
ताजा समाचार

कपिलवस्तुमा तीन दिने पत्रकारिता तालिम सम्पन्न

  • फागुन ४, २०८१
  • ६४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी (चौधरी)  कपिलवस्तु, फागुन ४ । कपिलवस्तुको शिवराजमा सञ्चालित तीन दिने पत्रकारिता तालिम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। दलित पत्रकार संघको आयोजनामा फागुन १ गतेदेखि सुरु भएको उक्त तालिममा जिल्लाका दश पालिकाका २४ जना किशोर–किशोरीको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले पत्रकारितामा सत्य र तथ्यको आधारमा समाचार लेख्नुपर्नेमा जोड दिए। उनले पत्रकारहरूले जनप्रतिनिधिहरूलाई खबरदारी गर्नुका साथै राम्रा कामलाई जनतासम्म पुर्याउने जिम्मेवारी बहन गर्नुपर्ने बताए। साथै, समाचार लेख्दा संवेदनशील हुन आवश्यक रहेको उनले उल्लेख गरे।

राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य रविदत्त मिश्रले पत्रकार समाजको ऐना भएको बताउँदै सरकारका हरेक गतिविधिमाथि निगरानी राख्नुपर्ने आवश्यकता औंल्याए। उनले पत्रकारिता लोकतन्त्रको चौथो अङ्ग भएकाले यसको जिम्मेवारी झन् महत्त्वपूर्ण रहेको बताए।

कार्यक्रममा दलित पत्रकार संघका केन्द्रीय सदस्य चिन्ता परियारले तालिममा आधारभूत ज्ञान प्राप्त भए पनि यो पूर्णता नपुगेको उल्लेख गरे। उनले पत्रकारितामा निरन्तर अध्ययन आवश्यक भएकाले क्षमता विकाससँगै थप अध्ययन गर्नुपर्ने सुझाव दिए।

त्यसैगरी, दलित पत्रकार संघ लुम्बिनी प्रदेशका सचिव अनिल नेपाली, पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्लाह धोबी, प्रेस चौतारी कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता दलित पत्रकार संघ कपिलवस्तुका अध्यक्ष सम्भु विकले गरेका थिए भने, सञ्चालन जिल्ला सचिव सागर सुनारले गरेका थिए। विकले तीन दिनसम्म सञ्चालन भएको तालिमले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै कपिलवस्तुका सबै पालिकामा पत्रकारितालाई मजबुत बनाउन टेवा पुर्याउने विश्वास व्यक्त गरे। तालिममा सहभागी नवप्रवेशी पत्रकारहरूले सिकेका ज्ञान व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१