Siraha Times
ताजा समाचार

मधेश प्रदेश समन्वय परिषद कतारले चौथो स्थापना दिवस तथा होली पर्व मनाउदै

  • माघ ३०, २०८१
  • ५८५ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम
दोहा, कतार :- मधेश प्रदेश समन्वय परिषद कतारले चौथो स्थापना दिवस मनाउने भएको छ।परिषद कतारले स्थापना दिवस सङ्गै रङ्गहरुको पर्व फागु पुर्णिामा होली पनि सङ्गै मनाउने संस्थाका अध्यक्ष नियाज शेखले बताए। जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष तथा पुर्व उपप्रधान एव स्वास्थ्य मन्त्री माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा अगामी फेब्रुअरी २१ तारीख शुक्रबारका दिन कतारको होम सलाल अलीमा कार्यक्रम तय भएको संस्थाका अध्यक्ष शेखले जानकारी गराए।

नेपालीको विशेष चाडहरु फागु पुर्णिामा , ईस्लाम धर्मावलम्बीहरुको आउदै गरेको पवित्र महिना रमजानको अवसरमा दोहामा स्थापित मधेश प्रदेश अन्तर्गतका ३२ वटा भन्दा बढी संघ संस्थाहरुको समन्वयमा होली तथा वनभोज कार्यक्रम गर्न लागकेको कार्यक्रम संयोजक शिव कुमार महतोले जानकारी दिए।

कार्यक्रममा सहभागी हुन ग्राण्ड मल्ल र अल अतियाबाट नि: शुल्क रुपमा बसको पनि व्यवस्था गरेको यातायात संयोजक मोहम्मद मेराजुदिनले बताए।कुनै कारणबस सूचना र जानकारी पुग्न नसकेको खण्डमा यही समाचारलाई आधार मानेर कतारमा हुन गइरहेको होली उत्सव” मा उपस्थित हुन समेत सम्पूर्ण नेपालीहरुलाईआयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २६ जेठ। नेशनल मेडिकल कलेज प्रालि, वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प् ...

बरियारपट्टि सीमामा त ...

लहान जेष्ठ २६। नेपाल–भारत सीमावर्ती सिरहाको बरियारपट्टि क्षेत्र पछिल्लो समय तस्करीको प्रमुख ट् ...

मोबाइल नष्ट गर्ने नि ...

लहान जेष्ठ २६ । एसईई परीक्षाका क्रममा बरामद गरिएका मोबाइल तथा स्मार्टवाच नष्ट गरिएको निर्णयप्रति असन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१