Siraha Times
ताजा समाचार

लागुऔषध (ब्राउन सुगर) सहित कृष्णनगर बाट मानिस पक्राउ"

  • माघ २४, २०८१
  • ७१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, माघ २४ । प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै आफ्नो मताहत क्षेत्राधिकार भित्र पर्ने क्षेत्रमाम लागु औषध कारोबारी तथा सेवनकर्ता लाई पक्राउ गर्ने अभियान नै संचालन गरेको समाजसेवी हरू बताउछन्।

विभिन्न समयमा लागु औषध चरेश, ब्राउन सुगर, विभिन्न प्रतिबंधित लागु औषध टेब्लेट लगायत सामान सहित सोको कारोबारमा संलग्न तथा सेवनकर्ता लाई विभिन्न समयमा लागु औषध सम्बन्धी मुद्दा चलाई हद सम्म लागु औषध नियन्त्रण गर्न सफलता हासिल गरेको विभिन्न चोक चौराहामा जनताहरु खुलेर प्रहरी निरिक्षक सुरज खत्रीको तारीफ गर्ने गर्छन्। लागु औषध नियन्त्रण अभियानकै क्रममा जिल्लाको कृष्णनगर बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन ।

मंगलबार सांझ ३ बजे जिल्लाकाे कृष्णनगर भन्सार कार्यालय अगाडीबाट इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरीकाे टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ६१ प ८५५४ नम्बर को मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित दुई जना व्यक्ति पक्राउ परेका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्। । बिजयनगर गाउंपालिका वडा ४ बरगदा बस्ने बर्ष २८ का मतिउल्ला मुसलमान र पछाडी बसेका वडा ३ कडिहारका बर्ष २५ का मैराज अहमदको खानतलासी गर्दा मतिउल्ला मुसलमानको साथबाट ४ पुडिया लागु औषध ब्राउन सुगर बरामद गरिएकाे इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रहरी स्राेत अनुसार कुल ८२० मिलिग्राम ब्राउन सुगर बिलेडको टुक्रा, टेक्नाे कम्पनीको मोबाईल, रातो कालो रङको बा ६१ प ८५५४ नंम्बरको पल्सर मोटरसाईकल र मैराज अहमदको साथबाट भिभाे कम्पनीको मोबाईल समेत फेला परेकाे छ । दुवै जनालाई पक्राउ गरेपछि अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

रामनगरमा निःशुल्क पश ...

ओम प्रकाश यादव लहान असार १६। सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगरमा आर्थिक वर्ष २०८२/०८३ को ...

दक्ष जनशक्ति उत्पादन ...

कपिलवस्तु, असार १५ । वि.सं. २०५४ मा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठान, बाणगंगा–२ पिपराले ...

जिम्मेवार पत्रकारिता ...

रहमुल, लहान, १५ असार । जिम्मेवार, विश्वसनीय र मर्यादित पत्रकारिताको आधार पत्रकार आचारसंहिताको पालना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१