रहमुल लहान १३ माघ । सिरहाको भगवानपुर गाउँपालिका–२ स्थित लक्ष्मी नारायण कौशलिया जनता माध्यमिक विद्यालय, नहरा रिगौलको प्राङ्गणमा शुक्रवार प्र.अ. जिवछ यादवको अध्यक्षतामा र यसै बिधालयका पुर्व बिद्यार्थी मंचको आयोजनामा विभिन्न खेल मनमोहक सान्स्कृतिक कार्यक्रम सहित हाजिरीजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम प्रस्तोता सरोज कुमार यादव द्वारा संचालित यस कार्यक्रममा एक दर्जन खेलहरु खेलाइएको थियो भने यसै गा.पा. भित्रका तिन वटा मा.बि.हरु ह.प्र. शा. मा.वि. इनर्वा, श्री ल.ना.कौ.ज.मा. नहरा रिगौल र श्री बा.सु.मा.वि. भगवानपुरका टोलीहरू बीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट ज्ञान र प्रतिभा प्रदर्शन गरेका थिए, जसले प्रतिस्पर्धालाई रोचक र घमासान बनाइएको थियो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूद्वारा विभिन्न खेलकुद प्रतियोगिता र मनमोहक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए। विद्यार्थीहरूले नृत्य, गीत र अन्य सांस्कृतिक गतिविधिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्दै कार्यक्रममा मनोरञ्जन थपे।

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, स्थानीय अभिभावक तथा समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमको उच्च प्रशंसा गर्दै यसले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न सहयोग पुर्याएको प्रतिक्रिया व्यक्त गरे।

कार्यक्रम आयोजक मञ्चका पदाधिकारीहरूले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै विद्यार्थीहरूको क्षमता विकास र प्रतियोगितात्मक भावना जागृत गराउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको समापनमा विजयी टोलीहरू हाजिरी जवाफ प्रतियोगिता तर्फ मा. बि. नहरा रिगौल प्रथम, मा.बि. भगवानपुर दोस्रो र मा.बि. इनर्वा तेस्रो गरी अन्य खेल तथा अन्य गतिविधि तर्फका छात्रछात्राहरुलाई आयोजक द्वारा सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आयोजकले सफलताका लागि सबै पक्षलाई बधाई ज्ञापन गरेका थिए।

वास्तवमा भन्नु पर्दा नहरा रिगौलका पुर्व बिद्यार्थी मंचले गत बर्ष देखि बिद्यार्थीको उत्साहका लागी जुन यो कार्य गर्दै आइरहेका छन त्यो वास्तवमा तारीफे काविल तथा यो निकै सराहनीय कार्य हो र यस्तै कार्यक्रम हरेक बिधालयको पुर्व बिद्यार्थीहरुले गर्नु पर्ने जानकारहरु बताउछन।

यस महान कार्यमा सक्रिय भुमिका खेल्ने पुर्ब बिद्यार्थी सरोज कुमार याफवले हामी धेरै पुर्ब बिद्यार्थीहरुको आर्थिक सहयोगमा बिगतका बर्ष देखि यो कार्यक्रमको शुरूवात गरेका छौ र धेरै राम्रो प्रतिफल आएको बताएका छन। उहाँ अगाडी थप्दै यही शिक्षाको मन्दिर बाट हामी शिक्षा लिएर आज यहाँ सम्म पुगेका छौ र यसलाई हामी ताजा राख्न चाहन्छौ बताउदै यादव शिक्षामा परिवर्तन ल्याउन देशै भरीका युवाहरु बर्षमा एक चोटी मात्र भए पनि आफुले अध्यन गरेका बिधालय प्रति स्नेह देखाइ दिनु हुन आग्रह समेत गरेका छन।





प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved