ओम प्रकाश यादव लहान माघ ०९ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिवको अध्यक्षतामा सिरहा जिल्लामा बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धी जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिसस प्रमुख दिनेश कुमार महतोज्यू प्रमुख अतिथि रहनुभएको थियो भने जिसस उपप्रमुख दिलिप लामाज्यू विशिष्ट अतिथि रहनुभएको थियो।

यस कार्यक्रमलाई थप गरिमामय बनाउन जिससका सदस्यद्वय जानकी यादव र शोभा यादवज्यूको उपस्थिति रहेको थियो। साथै, सिरहा जिल्लाका १७ वटै पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, र पालिकाका प्रशासकीय प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बालश्रममुक्त स्थानीय तह निर्माण गर्न जनप्रतिनिधि र कर्मचारीहरूको भूमिकाबारे छलफल गरिएको थियो। बालश्रमको अन्त्यका लागि नीति तथा कार्यान्वयन योजना बनाउने, यसलाई प्रभावकारी रूपमा अगाडि बढाउने, र सरोकारवालाबीच समन्वय बढाउने विषयमा गहन छलफल भएको छ। कार्यक्रमको उद्घाटन मन्तव्य दिँदै प्रमुख अतिथि दिनेश कुमार महतोले बालश्रम अन्त्यका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको अधिकार संरक्षण र उनीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न बालश्रमको अन्त्य अनिवार्य रहेकोमा जोड दिनुभयो।

यस अन्तर्क्रियामा पालिकास्तरमा बालश्रम विरुद्धका कार्यक्रमहरू सञ्चालन गर्न जनप्रतिनिधिहरूको भूमिका, चुनौती, र अवसरहरूबारे छलफल भएको थियो। सहभागीहरूले आफ्ना धारणा प्रस्तुत गर्दै बालश्रममुक्त स्थानीय तह निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे। उक्त कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा सफलतापूर्वक सम्पन्न भएको हो। बालश्रममुक्त स्थानीय तह घोषणाले जिल्लामा बालबालिकाको संरक्षण तथा उनीहरूको आधारभूत अधिकार प्रत्याभूत गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved