संस्थाको १४औं वार्षिकोत्सवका अवसरमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

  • माघ ६, २०८१
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ ६ । संस्थाको १४ औं वार्षिकोत्सवको अवसरमा सामाजिक परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाकी अध्यक्ष देवकुमारी मशराको अध्यक्षता रहेको थियो भने मधेश प्रदेश सभा सदस्य माननीय मनोज सिंह प्रमुख अतिथि रहनुभएको थियो।

विशेष अतिथिका रूपमा जिल्ला समन्वय समिति उपाध्यक्ष दिलिप लामा, विष्णुपुर नरहा गाउँपालिकाका अध्यक्ष गोलबजार नगरपालिकाकी उपप्रमुख मानती साह, नरहा गाउँपालिकाका उपाध्यक्ष गुलाव चौधरी, तथा मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहानी उपस्थित रहनुभएको थियो।

May be an image of 3 people, people studying, crowd, temple and text

त्यस्तै, कार्यक्रममा विभिन्न वडा अध्यक्षहरू, ईन्सेक प्रदेश संयोजक राजु पासवान, गैरसरकारी संस्था महासंघ सिरहा अध्यक्ष गोविन्द विष्ठ, मानव अधिकारकर्मीहरू, ईन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार, महिलामानव अधिकार रक्षक जिल्ला र पालिका सञ्जालका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, मुक्ति नेपालद्वारा गठित महिला, युवा, किशोरी समूहका प्रतिनिधिहरू समेतको उल्लेख्य उपस्थिति थियो।

May be an image of 3 people, people studying, flute, crowd and temple

कार्यक्रममा करिब २०० जना अधिकारवालाहरू र सरोकारवालाहरू सहभागी थिए। कार्यक्रमका दौरान सामाजिक परीक्षण प्रतिवेदनको प्रस्तुति सञ्चारकर्मी तथा सहजकर्ता मणिलाल विश्वकर्माले गर्नुभएको थियो। प्रतिवेदनमार्फत संस्थाले विगतमा हासिल गरेका उपलब्धिहरू, चुनौतीहरू र आगामी योजनाहरूबारे जानकारी गराइएको थियो।

May be an image of 10 people, people smiling, temple and text

संस्थाका कार्यकारी निर्देशक श्याम कुमारी साहले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा संस्थाले विभिन्न सामाजिक, आर्थिक र शैक्षिक कार्यक्रमहरू सञ्चालन गरी समुदायको उत्थानमा पुर्‍याएको योगदानबारे चर्चा गरिएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष देवकुमारी मसराले उपस्थित सम्पूर्ण अतिथि, अधिकारवालाहरू, सरोकारवालाहरू, सञ्चारकर्मीहरू तथा सहभागीहरूप्रति आभार व्यक्त गर्नुभएको थियो। उहाँले संस्थालाई माया, समर्थन, सकारात्मक सल्लाह, सुझाव, र सहकार्य गर्ने सबैलाई धन्यवाद दिनुभयो। कार्यक्रमले सहभागीहरूलाई सामाजिक मुद्दाहरूमा थप जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न प्रेरणा दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्रिमियर ल ...

अजय मिश्र, कपिलवस्तु, माघ २८ । कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न ...

सिरहाको खङटोलमा सखिय ...

रहमुल लहान, माघ २८ । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–४ खङटोलमा नवनिर्मित सखिया मन्द ...

विवाहको उमेरहदकानुनी ...

संजु कुमारी दास, लाहान, माघ २८ । सातवटै प्रदेशका संघ संस्थाकाप्रतिनिधिहरुलेमाघ २७गतेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१